eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

March 23rd, 2026
जनकपुरधाम । जनकपुरधामस्थित सेन्ट्रल इन्जिनियरिङ कलेजले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड ISO 9001:2015 (International Organization for Standardization) प्रमाणपत्र प्राप्त गर्दै आफ्नो शैक्षिक यात्रामा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।।
वि.सं. २०५३ मा स्थापना भएको यस कलेजले प्रारम्भदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित निरन्तर प्रगति गर्दै आएको छ। पुर्बाञ्चल विश्वविद्यालयसँग आबद्ध रही BE Civil, BE Electrical, BIT, MBA, BBA लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसरी विविध शैक्षिक कार्यक्रममार्फत कलेज आज विद्यार्थीहरूको भरोसाको केन्द्रको रूपमा स्थापित भएको बताएको छ।
“Quality Education is Our Commitment” भन्ने मूल नारालाई आत्मसात गर्दै कलेजले आधुनिक प्रयोगशाला, दक्ष तथा अनुभवी शिक्षक र व्यवहारिक शिक्षामा जोड दिँदै विद्यार्थीहरूलाई सक्षम, दक्ष र आत्मविश्वासी बनाउन प्रतिबद्ध रहँदै आएको जनाएको छ।
ISO (International Organization for Standardization) एक अन्तर्राष्ट्रिय संस्था हो जसले गुणस्तर व्यवस्थापनका मापदण्डहरू निर्धारण गर्छ। ISO 9001:2015 प्रमाणपत्रले कलेजको व्यवस्थापन प्रणाली विश्वस्तरीय गुणस्तर अनुरूप रहेको सुनिश्चित गर्दछ।
ISO 9001:2015 प्रमाणपत्र प्राप्ति कलेजका लागि केवल एउटा उपलब्धि मात्र नभई, यहाँ कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन र समर्पणको प्रतिफल पनि हो। यसले कलेजको व्यवस्थापन प्रणाली तथा शैक्षिक स्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप रहेको स्पष्ट रूपमा प्रमाणित गरेको संस्थापकको भनाइ छ।
यस महत्वपूर्ण उपलब्धिले सेन्ट्रल इन्जिनियरिङ कलेजलाई आगामी दिनहरूमा अझ उच्च स्तरको शिक्षा तथा सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास  रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

ताजा अपडेट
  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

  • जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved