eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

मधेशमा सरकार बनाउने रस्साकस्सी सुरु

December 4th, 2025

जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका छन् ।

 

सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा गरेपछि मधेशमा अर्को सरकार बनाउने रस्साकस्सी सुरु भएको छ ।

सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरेको छ । कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ । कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन दलका नेता यादवलाई नै सबै दलसित वार्ता र संवाद गर्न जिम्मेवारी तोकिएको बताए ।

लोसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । लोसपाका सांसद उपेन्द्र महतोले लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा यसअघि बनेको सरकार थोरै समयसम्म रहेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने अडान रहेको बताए ।

बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको पत्रमा उल्लेख गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved