eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

चितवनलाई ६ विकेटले पराजित गर्दै जनकपुरको पहिलो जित

December 2nd, 2025

काठमाडौँ — अनिल साह र माज सदाकतले अर्धशतक बनाएपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । जनकपुरले मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो ।

 

अनिलले ३६ बलमा ६१ र सदाकतले ३० बलमा ६३ रन बनाएपछि जनकपुरले १ सय ७७ रनको लक्ष्य १७।३ ओभरमा १ सय ८० रन बनाउँदै पूरा गरेको थियो । आसिफ शेख १८ बलमा ३ चौका प्रहार गरी १८ रनमा आउट भएपछि यी दुई ब्याटरले खुलेर खेल्दै ३७ बलमा ७९ रनको साझेदारी गरेका थिए ।

प्लेयर अफ द म्याच अनिलले ३६ बल खेली ४ चौका र ३ छक्का तथा सदाकतले ३० बल खेली ६ चौका र ४ छक्का प्रहार गरे । यान निकोल लफ्टी इटन ११ रनमा आउट भए । आदित्य महता ७ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ र सञ्जय कृष्णमुर्थी ५ रनमा अविजित रहे ।

जनकपुरमा नियमित कप्तान अनिलले पहिलो ३ खेलमा ५ रनमात्र बनाउन सकेका थिए । व्यक्तिगत कमजोर फर्म र जनकपुरले लगातार पराजय भोगिरहँदा अनिललाई अघिल्लो खेलमा प्लेयिङ ११ मा राखिएको थिएन । चितवनविरुद्ध टोलीमा फिर्ता बोलाइए पनि वायन पार्नेलले जनकपुरको कप्तानी गरेका थिए ।

साथै जनकपुरले ललित राजवंशी र किशोर महतोलाई बाहिर राख्ने ठुलो निर्णय गरेको थियो । यस सिजनको एनपीएलमा ललितले ४ खेलमा २ र किशोरले १ विकेटमात्र लिन सकेका थिए । अनिल र सचिनले उनीहरूको स्थान लिएका थिए ।

पहिलो चार खेल हारेको जनकपुरले यस जितपछि प्ले अफमा पुग्ने झिनो आशालाई कायमै बनाएको छ । चितवनले ५ मध्येको २ खेल जितेको छ भने ३ खेल हारेको छ । चितवनले अन्तिम खेल बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । गत वर्ष जनकपुरले उपाधि जिते पनि समूहचरणको खेलमा चितवनले जनकपुरलाई ३४ रनले पराजित गरेको थियो ।

यसअघि डेबिड मलान र अर्जुन साउदले पहिलो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७६ सय रन बनाएको थियो । सदाकतले खेलको पहिलो ओभर मेडन फाले पनि ६ ओभरको पहिलो प्लेमा ३८, १० ओभरमा ७६ रन जोड्दै चितवनले विशाल स्कोर बनाएको हो ।

एनपीएल इतिहासमा चौथो शतकीय साझेदारी र तेस्रो उच्च साझेदारी बनाउँदा मलान र अर्जुनले जनकपुरका फिल्डरले छाडेको आधा दर्जन क्याचको भरपुर फाइदा उठायो । त्यसमध्ये पहिलो खेल खेलिरहेका सचिन भट्टको बलमा अनिलले मलानको ३५ रनमा निकै सजिलो क्याच छाड्न पुगे । मलानले ५४ बलमा ८० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे ।

लफ्टी इटनले १४ औँ ओभरमा अर्जुनलाई आउट गरी जनकपुरलाई पहिलो सफलता दिलाएका थिए । अर्जुनले ३९ बल खेली ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाए । सैफ जैब ७, रबि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल १४ बल खेली समान २ चौका र छक्का प्रहार गरी ३० र अमर १ रनमा अविजित रहे । जनकपुरका अनिल, रुपेश सिंह, सदाकत र लफ्टी इटनले १–१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved