eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सभामुख सचिवालयमा विभिन्न पदमा परिवारका सदस्यहरूको नियुक्ति

November 16th, 2025

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पदीय आचरण र शक्तिको दुरुपयोग गर्दै प्रदेशसभा सचिवालयलाई परिवारका सदस्यहरूको भर्तीकेन्द्र बनाएको पाइएको छ।

सभामुख मण्डलले आफ्नै श्रीमती, छोरा, दुई छोरी र ज्वाइँलाई प्रदेशसभा सचिवालयमा विभिन्न पदमा करारमा नियुक्ति दिलाएको खुलेको हो।

विवरणअनुसार सभामुख मण्डलकी श्रीमती मिथिला देवी मण्डललाई स्विपर (सफाई कर्मचारी) पदमा नियुक्त गरिएको छ। उनले प्रदेशसभा सचिवालयबाट मासिक २४ हजार ७०२ रुपैयाँ तलब बुझ्दै आएकी छिन्।

त्यसैगरी, सभामुखका छोरा राहुल मण्डल कम्प्युटर अपरेटर पदमा कार्यरत छन् र उनले मासिक ३४ हजार ७३० रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका छन्।

सभामुख मण्डलले आफ्ना दुई छोरीलाई पनि सचिवालयमा जागिर दिलाएका छन्। एक छोरी काजल कुमारी मण्डल मालीको पदमा नियुक्त भएकी छिन् भने अर्की छोरी विभा कुमारी मण्डल भान्सेको रूपमा कार्यरत छिन्।

दुवै छोरीले मासिक २४ हजार ७०२ रुपैयाँका दरले तलब बुझ्दै आएका छन्। स्रोतका अनुसार सभामुख मण्डलका दुवै छोरीहरू बसोबास भने काठमाडौंमा छ। यद्यपि तलब भने प्रदेशसभा सचिवालयबाटै नियमित रूपमा बुझिरहेका छन्।

यसभन्दा पनि अघि बढ्दै सभामुख मण्डलले आफ्ना ज्वाइँ रमेश कुमार मण्डललाई प्रथम श्रेणीको पदमा नियुक्ति गराएका छन्। उनको मासिक तलब ५६ हजार ७८७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved