eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन संकट देखेपछि राजिनामा

November 9th, 2025

जनकपुरधाम । मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।

हिजो शनिबार उनले विश्वासको मत लिने दिन थियो । तर उनले विश्वासको मत नपाएर सरकार ढल्नुमा प्रमुख कारण हो, नेकपा माओवादी केन्द्रको अन्तरद्वन्द्व । यसैको कारण विश्वासको मत नपाउँदै मधेश प्रदेश सरकार ढल्न पुगेको छ ।

गत आसोज २९ गते पाँच दलको ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । आज विश्वासको मतको लागि बोलाएको प्रदेशसभामा सरकारको मतको लागि चाहिने सत्ता पक्ष र अन्य एक सिटे नागरिक उन्मुक्ति पार्टीले समर्थन दिने निर्णय गरेको थियो । त्यसअनुसार सरकोको विश्वासको लागि ठ्याक्कै ५४ पुगेको थियो ।

तर, नेकपा माओवादी केन्द्रका युवा सांसद रहबर अंसारीले समय माग्दै विद्रोह गरे । सबै दलका नेताका प्रतिनिधिले आफ्नो धारणा राखे । त्यसपछि अंसारीले सभामुख रामचन्द्र मण्डलसँग समय मागे । सभामुखले ३ मिनेटको समय दिए । अंसारी पोडिएममा पुगेर सबै दल र सांसदको परीक्षण भइसकेपछि अब नैतिक धरातल सकिएको उद्घोष गरे । सरकार यहाँको सांसदले नभएर केन्द्रले बनाएको भन्दै उनले विश्वासको मत नदिने पनि घोषणा गरे । सभामुखले माइक काटेपछि उनले आफैसँग लगेको मोसो आफ्नै अनुहारमा दले । र माइक काटेपनि सदन, सरकार भ्रष्टाचारको विषय उठाएर बोलिरहे ।

यसपछि माओवादी केन्द्रकै सांसद माला कर्णले सदनमै उठेर आफू मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरिन् । त्यसलगतै विश्वासको मत दिन मुख्यमन्त्री सोनलले प्रस्ताव गरे । मत विभाजन गरी विश्वासको मत लिने प्रक्रिया सुरु गर्न खोज्दा त्यस बेला नै नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र जसपा नेपालकी नेतृ सुरिता सिंहबीच सदनमै नोकझोक भए । यसपछि मतविभाजन प्रक्रिया केहीबेरका लागि सभामुख मण्डलले सारे ।

मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन संकट देखियो । उनले सभामुखसँग केही समयमा मागेर सत्ता दलमा छलफल गरे । सकभर माओवादी केन्द्रका विद्रोही सांसद अंसारी र कर्णलाई मनाउने प्रयास गरे । तर प्रयास विफल भयो । कर्ण मान्ने जस्तो भएपनि अंसारीले कुनैपनि हालतमा आफूले नदिने अडान लिए । सत्तापक्षमा छलफल चलिरहँदा सभामुखले मतविभाजनको लागि साढे ५ बजे पुनस् बैठक अघि बढाए । तर प्रतिपक्ष एमाले र कांग्रेसका सांसद मात्र उपस्थित थिए ।

 

यो बीचमा लोसपाका सांसदहरू आएर यसो नगर्न सभामुखलाई आग्रह गरे । तर सभामुखले मत विभाजनको घण्टा बजिसकेकाले पक्ष र विपक्षमा हस्ताक्षर गर्न आग्रह गरे । प्रतिपक्षी सदन अघि बढाउन जोडबल गरे । सभामुख मण्डल रोकिएनन् । त्यसलगतै मुख्यमन्त्री सोनलसहित सत्ता पक्षका सांसद प्रदेशसभामा आए । उनले अझै केही समय दिनुपर्ने र यसो गर्न उचित नभएको सभामुखसँग आग्रह गरे । तर, सभामखुले ३० मिनेट भन्दा बढी समय सत्ता पक्षको लागि पर्खेकाले अब रोक्न नमिल्ने र मत विभाजन घण्टी बजिसकेकाले पक्ष विपक्षमा हस्ताक्षर गर्न भने । त्यसपछि दुवै दलका सांसदबीच एकछिन भित्रै होहल्ला भयो ।

अतालिएका मुख्यमन्त्री सोनल माइक खोजे । अनि माइक भेटेपछि उनले आफू पदबाटा राजीनामा दिएको घोषणा गरे । राजीनामा घोषणा गरेर निस्केका सोनल सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशसभा विघटन गरेर संघीयता मास्ने खेलको प्रयास भएको प्रतिक्रिया दिए ।

‘मेरो र सरकारपक्षमा मतदान गर्ने सांसदहरू कोही पाँच मिनेट गएका छन्, कोही चियाखान क्यान्टिन गएका छन् । मैले सभामुखलाई अनुरोध गरे आधा घण्टा रोक्नुस्, हाम्रो माननीय आउँदै हुनुहुन्छ । तर रोक्नु भएन,’ उनले भने, ‘यो संघीयता र प्रदेशसभालाई डिजल्भ गर्ने खेल हुँदैछ भन्ने महसुस भयो ।’

उनले राजीनामा गरेर सरकार गठनको लागि मार्गप्रशस्त गरेको र फेरि वातावरण बनाएर सरकारको लागि दाबी पेश हुने बताए ।

उनको विश्वासको मत नपाउनुको अर्को पाटो हो( जनमत पार्टीको विभाजन विवाद ।

 

सोनल मुख्यमन्त्रीको दाबी पेश गरेकै दिन निवर्तमान मुख्यमन्त्री सतिशसिंह र पूर्व वनमन्त्री त्रिभुवन साह प्रदेश निर्वाचन कार्यालय पुगेर जनमत विभाजनपछि दीपक साह नेतृत्वको जनस्वराज पार्टीमा सनाखत गरेका थिए ।

जनमत अहिले सर्वोच्च अदालतको आदेशले यथास्थितिमै रहेको छ । तर सिंह र साहले पार्टीले आधिकारिकता पाएपछि मात्र सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिने बताएका थिए । जनमतले भने दल विभाजन नभएकाले दुबै सांसद आफ्नै दलको भएको दाबी गर्दै आएका थिए । तर विश्वासको मत लिने दिनमा निवर्तमान मुख्मयन्त्री सिंह र पूर्वमन्त्री साह अनुपस्थित रहे । सिंहले मोबाइल नै स्वीच अफ गरेका थिए ।

जनमत पार्टीका सांसद अनुपस्थित हुँदा नै विश्वासको मत पाउने अवस्था बनेको थियो । तर माओवादीभित्रको विद्रोह नै यसपटक मुख्यमन्त्री सोनलले मत नपाउने मुख्य कारण बन्यो ।

मधेश प्रदेशसभामा १०७ सदस्य प्रदेशसभामा जसपाको हाल १८, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाका ८ र एकीकृत समाजवादीको ७ सांसद छन् । समर्थन दिने भनेको नागरिक उन्मुक्तिको १ सिट छ । तर दावी पेश गरेकै दिन जनमत विभाजन, कार्तिक ३० गते सपथ लिँदा जसपा नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा परेर निलम्बन हुँदा सरकार नैतिक संकटमा थियो ।

विश्वासको मतको लागि सरकार विस्तार रोकिएको थियो । मुख्यमन्त्री सोनलले आफ्नो ५७ विश्वासको मत पर्ने बताएका थिए । विश्वासको मत लिइसकेपछि विना विभागीय दुई मन्त्रीलाई मन्त्रालय तोक्ने, सरकार विस्तार गर्ने उनको तयारी थियो । उनलाई विश्वासको मत दिलाउन जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुर जनकपुर आएर खटिएका थिए । तर जनमत र माओवादी केन्द्रभित्रको आन्तरिक विवादले सरकार विस्तार गर्न नपाउँदै सोनाल नेतृत्वको सरकार ढल्न पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved