eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

महोत्तरीको जावखमा झिझिया नृत्य को रौनक

September 24th, 2025

बम्बाई ‘अखिया मे कजरा लगाव न रे मथावा पे झिझिया नाचाओ न रे ,

झिझिया गजब के नचाती है  ।’

‘चल चल गे डैनिया कदम तर, तोहर बेटा के खैबौ बरहम तर’

‘माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे’

यी र यस्तै मैथिली गीतसङ्गीतले यतिबेला  जावखमा झिझिया नृत्यले  रौनकता बढाएको छ । बडादसैँ सुरु भएसँगै जावख बजार मा रातिको बेला ८ बजे देखि १० बजे सम्म  झीझिया नृत्य हुने गरेको  छ । महोत्तरी,मनरा सिस्वा ४  जावखको  युवती हरुको  झिझिया नृत्यको  रौनक छाएको छ  ।

झिझिया नृत्य हेर्न आसपासका गाउ साँढा , मनरा कट्टी गोनरपुरा सरपल्लो बलवा बगिया लगायत बिभिन्न गाउहरुबाट हजारौको संख्यामा  मानिसहरु आउने गरेका छन् l

झिझिया नृत्य हेरेर मन्त्रमुग्ध भएका दर्शक ले  फ्रुटी र चिसो पानि पनि वितरण गरेको  पाइएको छ l

सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रूपमा झिझिया नृत्य महोत्तरीको जावख लगायत मिथिलाञ्चलभरि नाच्ने गरिएको  मान्यता  छ ।

उक्त नृत्यमा पूर्ण रूपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म गरिने देवी दुर्गा स्तुति दर्शाइन्छ । झिझियाको उद्देश्य समाजमा रहेका नकारात्मकबाट सन्तानको सुरक्षा गर्नु  हो ।

आफ्ना शाखासन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा छ । झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको भनाइ छ ।

झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको निहित विशेष अर्थलाई सङ्केत गर्ने  भनाइ छ ।

मिथिलामा झिझिया नृत्युको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्र नभई सहरमा समेत प्रचलनमा छ ।

वास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्ने योग्य हुन्छ । चार–पाँच वर्षका बालबालिकादेखि लिएर तरुणी र अधवैसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । टाउकोमाथि राखिएको घैटोँ र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो

प्रतिक्रिया
सम्बन्धित समाचार

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

ताजा अपडेट
  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

  • सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved