ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १५०० औं शुभजन्मोत्सव बिभिन्न ठाउलगायत महोत्तरी जिल्लामा मनाइएको छ ।
सो अवसरमा शुक्रवार र शनिवार बिहान ठुलो सङ्ख्यामा मुस्लिम धर्मावलम्बीको सहभागीतामा गाउ परिक्रमा गरेर शुभोजन्मोत्सव मनाइएको छ । जलेश्वर र सो वरिपरि बाट विभिन्न नारा लिखित प्लेकार्ड तथा ब्यानर लिएर गाडी, रिक्सा, अटो र मोटरसाइकलमा आएका तथा पैदल रहेका समुदायका सर्वसाधारणको जुलुसमा सहभागीता रहेको थियो ।
प्रतिक्रिया



