eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक

August 17th, 2025

काठमाण्डौ – बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ । जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो ।

बीपी राजमार्गमा रातमा १२ घण्टा गाडी चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । जिल्ला सुरक्षा समितिको अस्ति शुक्रवार बसेको बैठकले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्भावित जोखिम न्यूनीकरणका रातमा गाडी चलाउन रोक लगाइएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ । काठमाण्डौमा छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।

गएको असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा सडक बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ गाडी आवतजावत हुने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved