eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

वेश्यावृति धन्दा चलाएको आरोपमा धनुषाको ढल्केवरस्थित मौसम होटलका सञ्चालक पक्राउ

August 10th, 2025

ढल्केवर –  वेश्यावृति धन्दा चलाएको आरोपमा धनुषाको ढल्केवरस्थित रहेको मौसम होटलका सञ्चालक पक्राउ परेका छन् । खुलेयाम रुपमा वेश्यावृति धन्दा चलाएर ठाउँलाई बदनाम गराएको भन्दै स्थानीय सचेत युवाहरुले होटलमाथि निगरानी बढाएका थिए ।

शुक्रबार राति करिब ९ बजेको समयमा ती युवाहरुले होटलमा छड्के हान्दा अवैध यौन क्रियाकलाप भइरहेको पाइएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेलगत्तै अवैध यौन क्रियाकलापमा संलग्नहरु भागेका थिए ।

आफूहरुको सूचना पाएर प्रहरीले नै त्यहाँबाट उनीहरुलाई भगाएको ती युवाहरुको आशंका छ । ‘प्रहरीले प्राय होटलहरुबाट महिनावारी पैसा असुल्छन् । प्रहरीहरु पैसा खाएपछि त्यस्तालाई पक्राउ गर्ने कुरै हुँदैन,’ नाम उल्लेख नगर्ने शर्तमा ती युवाले भने ‘यो ठाउँमा अति भइसकेको छ । स्थानीय प्रहरी प्रशासनको भूमिकामा चित्त बुझाउने ठाउँ छैन । हामी अब चुप लागेर बस्न सक्ने अवस्था छैन । धन्दामा लाग्नेहरुलाई लखेट्नुको विकल्प देख्दिन ।’

होटलमा छड्केमा पुगेका सचेत युवाहरुलाई देखेपछि होटल सञ्चालकले दररेट सुनाएको पाइएको छ ।  भिडियोमा होटल सञ्चालकले भनेका छन, ‘कस्तो चाहियो ? तपाईलाई जस्तो चाहिन्छ त्यस्तै हामीसँग छ । तीन हजारबाला छ, २५ सयको छ । जस्तो लिनुस् ।’

त्यसै भिडियोको आधारमा होटल सञ्चालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार अबैध धन्दाका लागि ग्राहकसँग मोलमोलाई गरेको भिडियो प्रमाण भेटिएपछि पक्राउ गरिएको हो ।द पब्लिक टुडेमा समाचार प्रकशित छ ।

 

इलाका प्रहरी कार्यालय ढल्केवरका एक प्रहरी अधिकारीले भने ‘आज इन्सपेक्टर साब विदामा हुनुहुन्छ । भोली आउने कुरा छ । त्यसपछि के गर्ने-नगर्ने भन्ने थाहा हुन्छ ।’

पछिल्लो समय ढल्केवर क्षेत्रका अधिकांश होटलहरूमा यौनजन्य क्रियाकलाप भइरहेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । उनीहरुले यस्ता गतिविधिले समाजमा गलत सन्देश फैलाएको भन्दै समयमै नियन्त्रण गर्न माग गर्दै आएका छन् । तर, यसमा प्रहरीप्रशासनको भूमिका शंकास्पद देखिएपछि युवाहरुले आफै सक्रियता बढाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved