eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

एक किशोरीको हत्या र दुई महिलालाई घाइते बनाउने घटनाका मुख्य अभियुक्त पक्राउ

July 31st, 2025

प्रेम सम्बन्धमा टकराव भएपछि जनकपुरधाम उपमहानगरपालिका–४ मा खुकुरी प्रहार गरी एक किशोरीको हत्या र दुई महिलालाई घाइते बनाउने घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई साउन १४ गते राति जनकपुरधाम नजिकैको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीमाथि साउन १२ गते राति करिब ११ः३० बजे जनकपुर–४ स्थित डेरामा बस्दै आएकी ३५ वर्षीया आशा यादव, उनकी १६ वर्षीया छोरी अञ्जली यादव र २० वर्षीया भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेको आरोप छ।

घटनामा गम्भीर घाइते भएकी अञ्जलीको साउन १३ गते राति १२ः३० बजे जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। अन्य दुईमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले अभियुक्त रामबाबु साह यसअघि पनि हत्या आरोपमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेको तथ्य सार्वजनिक गरे। उनका अनुसार, रामबाबुले २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेका थिए र झण्डै पाँच वर्ष जेल बसेका थिए।

जेलमुक्त भएपछि दोस्रो विवाह गरेका रामबाबु पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा रहेका थिए। परिवारमा सम्बन्ध खुलेपछि दुरी बढ्न थालेको र केही समय उनीहरूले जनकपुरमा डेरा लिएर एकसाथ बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आशालाई रामबाबुले अटो रिक्सासमेत किनिदिएका थिए। तर पछि आशाले उक्त सवारी आफ्ना भाइको नाममा दर्ता गराएपछि उनीहरूबीचको सम्बन्ध चिसिँदै गएको थियो।

रामबाबुले फोन गर्दा आशाले जवाफ नदिने, उनको कानुनी पत्नीलाई समेत म्यासेज गरेर झगडा गराउने जस्ता व्यवहार देखिन थालेपछि उनी आक्रोशित भएको प्रहरीको भनाइ छ। घटनाको रात रामबाबुले आशाको फोन गालीसहित काटिएको थाहा पाएपछि खुकुरी लिएर डेरामा पुगेका थिए। त्यसपछि तीनैजनामाथि आक्रमण गरेका थिए।

घटनामा प्रयोग गरिएको खुकुरी र घटनापछि प्रयोग गरिएको गाडी पनि प्रहरीले बरामद गरेको छ। प्रहरीले अहिले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved