eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

चालु आर्थिक २०८१/०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च

July 10th, 2025

जनकपुरधाम । चालु आर्थिक २०८१/०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च भएको छ ।

अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म चालु र पुँजीगत गरी ७१.४८ प्रतिशत बजेट खर्च भएको मधेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ ।

मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । पुँजीगत र चालु गरी ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार बजेट खर्च भएको छ । यो कुल बजेटको ७१.४८ प्रतिशत हो ।

पुँजीगततर्फ २८ अर्ब ६१ करोड २० लाख ७४ हजार बजेट रहेकोमा २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार खर्च भएको अर्थ सचिव रामकुमार महतोले जानकारी दिए । यो पुँजीगत बजेटको कुल ७५.६४ प्रतिशत हो ।

 

यस्तै चालुतर्फ १५ अर्ब २८ करोड ९६ हजार बजेट रहेकोमा ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार खर्च भएको हो । यो कुल चालु खर्चको ६४.६४ प्रतिशत हो ।

यो खर्च विगत आवको तुल्नामा अहिलेसम्मकै उच्च हो । यस चालु आवमा २८.५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ ।

गत आ।व। २०८०.८१ मा ५५।७५ प्रतिशत बजेट फ्रिज भएको थियो । ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेटमा २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको थियो ।

चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख खर्च र पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved