eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सबैभन्दा कम महोत्तरीमा ९.४१ प्रतिशत मात्र धान रोपाइँ

July 9th, 2025

महोत्तरी। वर्षा नहुँदा मधेश प्रदेशमा खडेरीको समस्या बढ्दै गएको छ । मौसम विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने जनाएको थियो । तथापि असार तेश्रो साता बित्न लाग्दासमेत मधेशमा मनसुनको प्रवेश भएको छैन । खुला आकाश, चर्को घाम र उखरमाउलो गर्मीले तत्कालै पानी पर्र्ने सम्भावना पनि देखिँदैन ।

वर्षा अभावले मधेशका ७५ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । बोरिङको सिँचाइले रोपिएका धान पनि चिस्यान अभावले पिल्सिदै गएका छन् । धानका ब्याड पहेँलिएका छन् ।

खडेरीले मधेशको उत्तरी भेगदेखि दक्षिणी मैदानसम्म आक्रान्त पारेको छ ।  सिमावर्ती गाउँपालिका समसी १ पर्सादेवाडका  क्षेत्रमा ५ प्रतिशत पनि रोपाइँ नभएको  । जसले बोरिङबाट रोपेका छन् तीे पनि मर्न लागेका छन् । उहाँले भन्नुभयो, ‘गत वर्ष मैले यो बेलासम्म आफनो २ विग्हा खेतमा रोपाइँ सकेको थिएँ । यसपाला साउन आउन लागिसक्दा पनि खेत वाँझै छन् ।’

मधेश प्रदेश कृषि निर्देशनालयका अनुसार मधेशमा अहिलेसम्म ५० प्रतिसतजति रोपाइँ भइसक्नु पर्ने थियो । निर्देशनालयका बालि संरक्षण अधिकृत सुदीप चौधरीले असार तेश्रो सतासम्म रोपाइँ भने २५ प्रतिशत मात्र भएको जनाउनुभयो ।

सबैभन्दा बढी पर्सा जिल्लामा ६२ प्रतिसत र सबैभन्दा कम महोत्तरीमा ९.४१ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै रौतहटमा ४०, सर्लाहीमा ३०, सिरहामा २५, बारामा २१.७ र सप्तरीमा १० प्रतिशत मात्र रोपाइँ भएको छ ।

चौधरीले भन्नुभयो, ‘मधेश प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टर धान खेत छन् । समयमै पानी परेको भए अहिलेसम्म ५० प्रतिशत बढी रोपाइँ भइसक्नु पर्ने थियो । समग्रमा २५ प्रतिशत अर्थात त्रियान्नवे हजार १६१.२५ हेक्टरमा मात्र रोपाइँ भएको छ ।’

गौशाला १० भरतपुरखोरका किसान दिनेश महतोका अनुसार मनसुन आउने आसमा पम्प, बोरिङबाट रोपेको रोपो पनि पानी नपर्दा मर्ने अवस्थामा पुगेका छन् ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले पानी नपर्दा नदीनालासमेत सुक्ने अवस्थामा पगेका छन् । नहर कुलोमा प्रयाप्त पानी बग्न छाडेको छ । भू–जल स्तर तल झरेको छ । बोरिङबाट पनि प्रयाप्त पानी नआउदा महोत्तरीमा धान रोपाइँले गति लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धान खेतीको प्रमुख आधार नै मनसुन हो । मनुसुन अनुकूल नभएसम्म यो समस्या समाधानको अर्को विकल्प देखिएको छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved