eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरे

June 24th, 2025

१० असार, काठमाडौं । कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ ।

इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरु त्यहीँ सुतेका थिए । कतिपय जहाजलाई डाइभर्ट गरिएको थियो ।

तर अहिले कतारको अवस्था सामान्य बन्दै गएको र आकाश मार्ग मंगलबार मध्यरातबाट पुनस् खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ ।

 

अमेरिकाले दुई दिनअघि इरानी आणविक केन्द्रमाथि गरेको आक्रमणको जवाफस्वरूप इरानले सोमबार साँझ स्थानीय समय अनुसार ७:३० बजे दोहास्थित अमेरिकी सैन्यबेसमा कम्तीमा ६ वटा मिसाइल प्रक्षेपण गरेको थियो ।

तीमध्ये एउटा सैन्य अड्डाभित्रै खसेको र अरु सबैलाई निस्तेज पारिएको कतारको रक्षा मन्त्रालयअन्तर्गत संयुक्त कार्य सञ्चालन विभागका उपप्रमुख शायेक अल–हजरीले बताएका छन् ।

तर त्यसबाट कुनै मानवीय क्षति नभएको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारको गृह मन्त्रालयका प्रवक्ता जबर अल–नुआइमीका अनुसार मिसाइलका टुक्राले सानातिना आगलागी भए पनि त्यसलाई तुरुन्त नियन्त्रणमा लिइएको थियो ।

‘कतारमा शान्ति र स्थायित्व हाम्रो प्राथमिकता हो । बाह्य कारणले हाम्रो सुरक्षामा असर पार्न दिइने छैन,’ उनले दोहा टाइम्स अनलाइनसँग भनेका छन् ।

 

यसैबीच कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारको जनजीवन पुनस् सामान्य अवस्थामा फर्किंदै गएको बताएका छन् ।

‘हामी नागरिक र यहाँ बसोबास गर्ने सबैलाई विश्वस्त पार्न चाहन्छौं कि कतारमा स्थिति पूर्णरूपमा नियन्त्रणमा छ र मिसाइल आक्रमणपछिको अवस्था सामान्य फर्किंदैछ’ उनले कतार टेलिभिजनमार्फत भने ।

इरानी आक्रमणमाथि विश्वभरबाट निन्दा भइरहेको बेला कतारले पनि कडा आपत्ति जनाएको छ । कतारले उक्त आक्रमणलाई ‘सार्वभौमिकताको खुला उल्लंघन’ भनेको छ ।

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता अल–अन्सारीले ‘कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित राख्दछ’ भन्दै चेतावनी पनि दएका छन् ।

कतारले हाल गाजाको युद्ध सुरु भएयता हमास र इजरायलबीच युद्धविराम र बन्दी आदानप्रदानका लागि मध्यस्थता गरिरहेको छ । यहीबेला कतारमाथि आक्रमण हुनुलाई आश्चर्य लागेको अल–अन्सारीले बताएका छन् । ‘यो आक्रमण हामीलाई आश्चर्यचकित बनाउने खालको थियो, विशेष गरी कतारको सधैंको छिमेकी मित्रता र मध्यस्थता प्रयासलाई ध्यानमा राख्दा,’ उनले भने ।

इजरायलले जुन १३ मा इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । यही बेला अमेरिकाले समेत इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि तनाव चर्किएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved