eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

पूर्वसांसद तथा क्रिकेटर शकिब अल हसनमाथि यात्रा प्रतिबन्ध

June 17th, 2025

बङ्गलादेश क्रिकेट टिमका अलराउन्डर शकिब अल हसनमाथि ढाकाको एक अदालतले यात्रा प्रतिबन्ध लगाएको छ । अदालतले भ्रष्टाचार मुद्दामा अवामी लिगका पूर्वसांसद तथा क्रिकेटरबाट राजनीतिज्ञ बनेका शकिबसहित अन्य १५ जनामाथि यात्रा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका दुई छुट्टाछुट्टै निवेदनहरूमा सुनुवाइपछि ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश मोहम्मद जाकिर हुसेनले यो आदेश जारी गर्नुभएको खबरमा उल्लेख छ ।

निवेदनमा शकिब र अन्यले शेयर बजारमा अवैध लगानी गरेको आरोप लगाइएको छ । यो बङ्गलादेशको शेयर बजार नियमको उल्लङ्घन हो ।

शकिब अल हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्वसांसद हुन् । गएको वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिनालाई पदच्युत गरिएदेखि नै यी अलराउन्डर विवादमा परेका छन् ।

यस वर्षको शुरूमा ढाकाको एक अदालतले चेक ठगी मुद्दाको सम्बन्धमा शकिब अल हसनमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

भर्खरै पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सबाट खेलेका शकिब सरकारको बर्खास्तीपछि बङ्गलादेश फर्किएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved