eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

नेपालमा वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिमको कारक

June 17th, 2025

काठमाण्डाै – नेपालमा वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिमको कारक रहेको पाइएको छ । मानिसहरूको मृत्यु र अपाङ्गताका लागि वायु प्रदूषण पहिलो जोखिम कारक रहेको विश्व बैंकले भखैरै प्रकाशन गरेको प्रतिवेदनले देखाएको हो ।

नयाँ प्रतिवेदन अनुसार काठमाण्डौ उपत्यका र तराईमा अत्यधिक वायु प्रदूषण हुने गरेको छ । यस क्षेत्रमा पछिल्लो एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन । वायु प्रदूषणले नेपालीको औसत आयु झन्डै साढे ३ वर्षले घटाएकाे र वर्षेनि झन्डै २६ हजार मानिसले अकालमा ज्यान गुमाउने गरेका प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदूषणले स्वास्थ्य क्षेत्रबाहेक श्रम उत्पादकता, पर्यटन र उड्डयन क्षेत्रमा पनि असर गरिरहेको छ । खराब हावाको गुणस्तरको आर्थिक लागत प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी रहेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको प्रतिवेदनले कुनै पनि स्वच्छ हावा लक्ष्य पूरा गर्न एकल क्षेत्रीय समाधानहरू पर्याप्त नहुने भन्दै बहुक्षेत्रीय दृष्टिकोणलाई ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

प्रतिवेदनले नेपालमा स्वच्छ हावाका लागि विद्युतीय गाडी प्रयोगका लागि प्रोत्साहन गरी इन्धनबाट चल्ने गाडीको पनि निरीक्षण र मर्मत प्रणालीलाई सुदृढ पार्दै लग्नुपर्ने आवश्यकता औँल्याएको छ । यस्तै सडकको धूलो कम गर्न दीर्घकालीन सोचका साथ सडक मर्मतको काम गर्न विश्व बैंकले सुझाएको छ ।

औद्योगिक उत्सर्जन कम गर्ने, वन आगलागी घटाउने, भान्सामा विद्युतीय चुल्हो तथा उपकरण प्रयोगमा प्रोत्साहन गर्ने, सीमा पार प्रदूषण कम गर्न छिमेकी देशहरूसँग साझेदारी गर्नेलगायतका सुझाव प्रतिवेदनले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

ताजा अपडेट
  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

  • सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved