eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

रोजगार कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले ल्याए नीति तथा कार्यक्रम

June 6th, 2025

२३ जेठ, जनकपुरधाम । रोजगार कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभामा प्रस्तुत गरेकी छिन्।

नीति तथा कार्यक्रममा प्राय नारा दिइएर कार्यक्रमहरु सरकारले ल्याएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ अभियानलाई आत्मसात गर्दै पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाउने नीति सरकारले लिएको छ।

उत्पादन मधेशमा, विस्तार देशमा’, ‘मधेशको शान, स्थानीय मखान’, ‘आँपको बगैंचा, मधेशको समृद्धि’, ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्न सहित आम्दानी’, ‘श्रमिकलाई सवारी, घर घरमा रोजगारी’, ‘पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्ण खोप प्रदेश, कुपोषणमुक्त प्रदेश’, ‘उद्यमशील महिला, समृद्ध मधेश’, ‘खेली मधेश, जीती मधेश’, ‘घुमौं मधेश बुझौं मधेश’, ‘चुरे जोगाउ, मधेश बचाउ’, मुख्यमन्त्री हरियाली प्रवद्र्धन अभियान’, ‘हरित शहर स्वच्छ शहर’, ‘विपद् व्यवस्थापनमा पूर्व तयारी, सुरक्षित भई निम्त्याउ खुसियाली’ लगायतको नारासहित विभिन्न अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन “मधेशले देशलाई खुवाउने अभियान लाई केन्द्रमा राखी “उत्पादन मधेशमा, विस्तार देशमा” कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषि जन्य आयात लाई न्यूनीकरण गरी निर्यातमा जोड दिने लक्ष्य राखेको छ ।

‘मधेशको शान, स्थानीय मखान’ नारालाई आत्मसात गर्दै मखान खेतीको विकास तथा विस्तार गरी प्रशोधन, प्याकेजिङ्ग, लेवलिङ्ग तथा ब्राण्डिङ्ग लगायतका कार्यहरुमा प्रोत्साहन गर्ने उल्लेख छ ।

यस्तै आँपको बगैंचा, मधेशको समृद्धि” नारालाई मुर्तरुप दिन वृहत आँपको क्षेत्र आठ वटै जिल्ला भरी विस्तार गरिने, सिंचाईमा आत्मनिर्भर बनाउन “खेत(खेतमा पानी, घर(घरमा खाद्यान्न सहित आम्दानी” नारा अघि सारेको छ।

“श्रमिकलाई सवारी, घर घरमा रोजगारी” मुल नाराका साथ रोजगार अभिवृद्धि कार्यक्रम सञ्चालनमा ल्याउने नीति लिएको छ ।

 

यस्तै बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न “बच्चाके स्कूल पठाउ, साक्षरता के दीप जलाउ” नारालाई आत्मसात गर्दै प्रदेश साक्षर अभियानका कार्यक्रमहरु अगाडि बढाउने उल्लेख छ ।

स्वस्थ समाजको लागि गुणस्तर शिक्षा” नीति अवलम्बन गर्दै स्वास्थ्य, शिक्षाका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने नीति सरकारको छ ।

पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश” नारालाई आत्मसात गरी मातृ शिशु स्वास्थ्य प्रवर्द्धन गर्ने “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” तथा “स्वस्थ नागरिक समृद्ध प्रदेश” अभियानलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने “उद्यमशील महिला, समृद्ध मधेश” नारालाई आत्मसात गर्दै महिलालाई उद्यमशीलता तिर उन्मुख गराउन प्राथमिकता दिइने उल्लेख छ ।

खेलक्षेत्रलाई प्रवर्द्धन गर्दै खेलाडीको मनोबल बढाउन “खेली मधेश, जीती मधेश” नारालाई आत्मसात गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
“चुरे जोगाउ, मधेश बचाउ”, “मुख्यमन्त्री हरियाली प्रवर्द्धन अभियान, “हरित शहर, स्वच्छ शहर” नाराहरुलाई आत्मसात गर्दै थप प्रभावकारिताका साथ अगाडि बढाईनेछ ।

मधेश प्रदेशमा बाल श्रमको अन्त्य तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न, प्रदेशभरिका १३६ वटै स्थानीय तहसँग समन्वय गरी “बाल श्रममुक्त मधेश” अभियान सञ्चालन गरिने लगायतको नीति तथा कार्यक्रम सरकारले ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

ताजा अपडेट
  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved