eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब-आईसीआरसी) की अध्यक्ष मिर्जाना

June 4th, 2025

गाजा सहायता केन्द्रहरू एक दिनका लागि बन्द भएका छन् । गाजा सहायता केन्द्र जाने सडकहरू ‘लडाइँ क्षेत्र’ भएको बताउँदै इजरायली रक्षा बल (आईडीएफ) ले सहायता केन्द्रहरू बन्द गरेको बीबीसीले जनाएको छ ।

अमेरिका र इजरायल समर्थित विवादास्पद सहायता सञ्जाल गाजा मानवीय फाउन्डेशन (जीएचएफ) ले अद्यावधिक तथा सङ्गठन र दक्षता सुधार कार्यहरूका लागि सहायता क्षेत्रहरू बन्द भइरहेको बताएको छ । गएको हप्तादेखि सञ्चालन शुरू गरेको अमेरिका र इजरायली समर्थित समूहले भोलिदेखि फेरि सहायता वितरण शुरू गर्ने बताएका खबरमा उल्लेख छ ।

हिजो गाजाको एक सहायता केन्द्र नजिकै इजरायली गोलीबारीबाट कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको हमास समर्थित स्थानीय अधिकारीहरूले बताएका छन् । इजरायली रक्षा बलले भने ‘तोकिएको पहुँच मार्गहरूबाट विचलित भएर’ आफूतिर सरेका संदिग्धहरूलाई पहिचान गरेपछि आफ्ना सेनाहरूले गोली चलाएको बताएको थियो ।

यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) की अध्यक्ष मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको बताउनुभएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा रहेको आईसीआरसी मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा स्पोलजारिकले मानवता असफल भइरहेको बताउनुभयो । युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न राज्यहरूले पर्याप्त काम नगरेका उहाँको भनाइ छ ।

आईसीआरसी युद्ध क्षेत्रहरूमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । गाजामा यसका झन्डै १ सय ३० जना कर्मचारी छन्, जसमध्ये धेरैजसो प्यालेस्टिनीहरू छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

ताजा अपडेट
  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

  • सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved