eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई मस्तिस्क घात भएपछि अस्पताल भर्ना

May 31st, 2025

१७ जेठ, काठमाडौं । बुधबार मात्रै जेलबाट रिहा भएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका छन्।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको अस्पतालले  जानकारी दिएको छ।

‘अहिले आइसियुमा राखेर उहाँको उपचार भैरहेको छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘ब्रेन स्ट्रोक भएको हो। यहाँ ल्याउँदा तीन घन्टा जति भैसकेको थियो।’

चिकित्सकका अनुसार उनलाई  शुक्रबार बिहान साढे दस बजे परिवारले अस्पताल पुर्‍याएका थिए।

उपचारमा संलग्न चिकित्सकका अनुसार आलमको स्वास्थ्य अवस्था अहिले स्थिर छ।

‘बिहान ल्याइपुर्याउँदा एकदमै कमजोर अवस्था थियो,’ ती चिकित्सकले भने, ‘अहिले कमजोरीमा पनि सुधार भएको छ।

रौतहटका कांग्रेस नेता आलम इँटाभट्टामा ज्युँदै मान्छे पोलेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटको आदेशबमोजिम पाँच वर्षदेखि जेलमा थिए।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनीसहितका चार जनालाई थुनामुक्त गरेको थियो।

यो घटना २०६४ को पहिलो संविधानसभा चुनाव अघिको हो।

आलम बुधबार साँझ नै नख्खु कारागारबाट रिहा भएर घर गएका थिए। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

ताजा अपडेट
  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved