eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

August 26th, 2026

काठमाडौं भदौ १० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री मोदीले बुधबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै यस कठिन घडीमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा रहेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत मोदीले खोज तथा उद्धार कार्यमा दुवै देशका टोलीहरूबीच नजिकबाट समन्वय भइरहेको र भारतले राहत सामग्री पठाउने तयारी गरिरहेको उल्लेख गरेका छन्।

रसुवाको भोटेकोशीमा बुधबार बिहान अचानक आएको बाढीले टिमुरे बजार, रसुवागढी भन्सार क्षेत्र र १३ वटा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ। घटनामा हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०५ भारतीयसहित झन्डै ४०० पर्यटक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ।

यसैबीच, बाढीमा परी घाइते भएका ११० जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved