eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

जनकपुरमा एक व्यक्तिको घरबाट गाईको मासु बरामद भएको दाबी, मासु परीक्षणको लागि दिए ल्याबमा

April 13th, 2026

जनकपुरधाम । जनकपुरमा गाईको मासु काटेको भन्दै युवकहरुले मासु नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकपुरधाम उपहानगरपालिका वडा नं.-१ पुलचोकस्थितबाट एक व्यक्तिको घरबाट शंकास्पद मासु बरामद गरेको हो । ठुला जनावरको खुँरसहित बरामद भएको मासु गाईको रहेको भन्दै हिन्दुवादी युवकहरुले मासु प्रहरीलाई बुझाएको हो ।

जनकपुर पुलचोकको मदरसा नजिकै रहेको एक व्यक्तिको घरबाट गाईको मासु बरामद भएको दाबी गरेका छन् । प्राप्त मासुको अवशेष गाई वा गोरुको हुन सक्ने भन्दै प्रहरीलाई बोलाएर जिम्मा लगाएको हो ।

मासु पकाउँदै गर्दा मासु नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । मासु परीक्षणको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले ल्याबमा दिएको छ । गाईको मासु भनिएपनि शतप्रतिशत यकिन गरी मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सुरुमा युवकले कुखुराको मासु दाबी गरेको भएपनि मासुको प्रकृति फरक पाएपछि अनुसन्धान गरिएको हो । गाईको मासु ठहर भए कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।

नेपालमा गाई काट्नु वा गाईको मासु खानु कानुनतः निषेधित छ, किनकि गाईलाई राष्ट्रिय जनावरको रूपमा मान्यता दिइएको छ।

नेपालको मुलुकी अपराध संहिता २०७४ अनुसार

गाई वा गोरु मारेमा  काटे १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
गाई वा गोरुको मासु बेचेमा वा खाएमास्
३ वर्षसम्म कैद सजाय हुन सक्छ।
यो कानुन धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यतालाई ध्यानमा राखेर बनाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved