eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

दुई मन्त्रालयमा दुई नयाँ मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस

April 10th, 2026

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार नयाँ मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरेएपछि खाली रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ।

त्यस्तै सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी भने गौरीकुमारी यादवलाई दिइएको छ।

रामजी सप्तरी– २ बाट निर्वाचित सांसद हुन भने गौरी महोत्तरी– ४ बाट निर्वाचित भएकी हुन्।

यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए।

राष्ट्रपतिले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेपछि शपथ पनि आजै हुने छ।

गौरी यादव

महोत्तरीमै जन्मिएकी यादव रामएकवाल राय यादवकी छोरी तथा शिवजी यादवकी श्रीमती हुन् ।

स्थानीय परिवेशमै हुर्केर बढेकी उनी आफ्नो क्षेत्रको सामाजिक संरचना, भौगोलिक अवस्था र जनजीवनसँग नजिकबाट परिचित छन् ।

शैक्षिक रूपमा उनले विज्ञान संकायमा प्रमाण–पत्र तहसम्म अध्ययन गरेकी छन् । शिक्षा र सामाजिक चेतनालाई उनले आफ्नो सार्वजनिक जीवनको आधार बनाउँदै आएकी छन् ।

रामजी यादव

रामजीले गत चुनावमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह लगायतलाई पराजित गरेका थिए।

राजविराज नगरपालिका–९ विहारपुरका ३० वर्षका निर्वाचित रामजी २०७३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय भएका थिए ।

पेशाले उनी इन्जिनियर हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

ताजा अपडेट
  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

  • जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved