eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबीकुमारीठाकुर

April 9th, 2026

काठमाडौं चैत २६ गते । प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफू सधैँ देशलाई साथ दिने प्रतिक्रिया दिएकी छन् । बिहीबार सञ्चारकर्मीका प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले आफूले पदीय जिम्मेवारी सम्हाल्नसक्ने पनि बताएकी छन् ।

उपसभामुख उम्मेदवार ठाकुर २५ वर्षकी छन् । उनले यति सानो उमेरमा पदीय जिम्मेवारी सम्हाल्नसक्नेबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै भनिन्,‘म सक्छु ।’

त्यसपछि पत्रकारले ‘नीति नियमका कुरा हुन्छन्, कानुन बनाउने कुरा हुन्छ । संवैधानिक पद हो यो’ भनेर प्रतिप्रश्न गरेका थिए ।

‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु,’ ठाकुरले थप जवाफ दिइन् ।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीले नयाँ इतिहास कोरिरहेको बताए ।

‘नेपालको इतिहासमा पहिलो चोटि सबैभन्दा सानो उमेरको उपसभामुख बन्दै हुनुहुन्छ,’ उनले भने, ‘श्रम संस्कृति पार्टी नयाँ ढंगले काम गर्न आएको हो, हामी नयाँ ढंगले काम गर्न चाहन्छौं ।’

आफ्नो पार्टीमा अर्को उम्मेदवार नभएर २५ वर्षीया ठाकुरलाई नसारेको उनले बताए । ‘हाम्रो पार्टीमा अरु उम्मेदवार नभएको होइन, ऐतिहासिक हो, हाम्रो निर्णय हो,’ उनले भने ।

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई सघाउने रास्वपाले पनि वचन दिएको छ । यस्तै नेपाली कांग्रेसले पनि सघाउने भनिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

ताजा अपडेट
  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

  • जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved