eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबीकुमारीठाकुर

April 9th, 2026

काठमाडौं चैत २६ गते । प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफू सधैँ देशलाई साथ दिने प्रतिक्रिया दिएकी छन् । बिहीबार सञ्चारकर्मीका प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले आफूले पदीय जिम्मेवारी सम्हाल्नसक्ने पनि बताएकी छन् ।

उपसभामुख उम्मेदवार ठाकुर २५ वर्षकी छन् । उनले यति सानो उमेरमा पदीय जिम्मेवारी सम्हाल्नसक्नेबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै भनिन्,‘म सक्छु ।’

त्यसपछि पत्रकारले ‘नीति नियमका कुरा हुन्छन्, कानुन बनाउने कुरा हुन्छ । संवैधानिक पद हो यो’ भनेर प्रतिप्रश्न गरेका थिए ।

‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु,’ ठाकुरले थप जवाफ दिइन् ।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीले नयाँ इतिहास कोरिरहेको बताए ।

‘नेपालको इतिहासमा पहिलो चोटि सबैभन्दा सानो उमेरको उपसभामुख बन्दै हुनुहुन्छ,’ उनले भने, ‘श्रम संस्कृति पार्टी नयाँ ढंगले काम गर्न आएको हो, हामी नयाँ ढंगले काम गर्न चाहन्छौं ।’

आफ्नो पार्टीमा अर्को उम्मेदवार नभएर २५ वर्षीया ठाकुरलाई नसारेको उनले बताए । ‘हाम्रो पार्टीमा अरु उम्मेदवार नभएको होइन, ऐतिहासिक हो, हाम्रो निर्णय हो,’ उनले भने ।

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई सघाउने रास्वपाले पनि वचन दिएको छ । यस्तै नेपाली कांग्रेसले पनि सघाउने भनिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved