जनकपुरधाम चैत २० गते । महोत्तरी मनरा सिस्वा नगरपालिका -१० मधवा हाल जनकपुरधाम -८ सेन्ट्रल कलेजका संस्थापक विजय कुमार झाले श्री संकटमोचन हनुमान मन्दिरका लागि सिसा, टायल र मार्बल सहयोग गरेका छन् ।
आस्थाले जोडिएका झाले धनुषाको लक्ष्मिनिया–६ स्थित श्री संकटमोचन हनुमान मन्दिरमा सिसा, टायल र मार्बल सहयोग गरेको थियो ।
झाले यस्तो सानो प्रयासले धार्मिक स्थलहरूको व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
आयोजित श्री संकटमोचन हनुमान मन्दिर प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको थियो ।

सामजिक काममा सक्रिय झा हाल सेन्ट्रल कलेज जनकपुर र सेन्ट्रल अस्पताल लक्ष्मीनियाका संस्थापक रहेपनि विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रवर्द्धन गर्न यस्ता सहयोग प्रभावकारी हुने स्थानीयबासीको भनाइ थियो ।



