eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

जलेश्वर अस्पतालमा अत्याधुनिक पोस्ट–अपरेटिभ तथा एनआईसीयू सेवा सहितको नयाँ सेवा उद्घाटन

March 20th, 2026

जनकपुरधाम । महोत्तरी जिल्लास्थित जलेश्वर अस्पतालमा अत्याधुनिक पोस्ट–अपरेटिभ (Post-Op) तथा एनआईसीयू (NICU) सेवा सहितको नयाँ सेवा उद्घाटन गरिएको छ। यससँगै अब गम्भीर बिरामी र नवजात शिशुहरूको उपचारका लागि स्थानीय स्तरमै थप सुविधा उपलब्ध भएको छ।अस्पताल प्रशासनका अनुसार, नयाँ संरचना आधुनिक स्वास्थ्य सेवा प्रवाहलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।

पोस्ट–अपरेटिभ सेवाले शल्यक्रियापछि बिरामीको निगरानी र उपचारलाई थप व्यवस्थित बनाउनेछ भने एनआईसीयू सेवाले नवजात शिशुको जटिल अवस्थाहरूमा विशेष उपचार प्रदान गर्नुका साथै  ग्रामीण तथा आसपासका क्षेत्रका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
उक्त परियोजनाको कुल लागत करिब रु. ११ लाख ८२ हजार २१५ भन्दा बढी रहेको जनाइएको छ। निर्माण कार्य अस्पताल व्यवस्थापन समिति तथा मेडिकल सुपरिटेन्डेन्टको समन्वयमा सम्पन्न गरिएको हो।


निर्माणका लागि Central Hospital & College तथा कलेजका संस्थापक विजय कुमार झा र कार्यकारी निर्देशक संगम कुमार झाद्वारा आर्थिक सहयोग प्रदान गरिएको बताइएको छ। उनीहरूको सहयोगले स्वास्थ्य पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुगेको अस्पताल प्रशासनले जनाएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले यस संरचनाले क्षेत्रीय स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले पनि नयाँ सेवाबाट विशेषगरी नवजात शिशु र गम्भीर बिरामीको उपचारमा सहजता आउने बताएका छन्। अब जटिल अवस्थामा रहेका बिरामीलाई टाढाका सहर धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।


अस्पताल प्रशासनका अनुसार, नयाँ सेवा सञ्चालनमा आएसँगै जलेश्वर अस्पताल क्षेत्रीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा एक महत्वपूर्ण कदम अघि बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved