eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

१२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

February 17th, 2026

५ फागुन, मुम्बई । दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ ।

मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो ।

यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरे ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । यस संस्करणमा नेपालको पावर प्लेमा यो सबैभन्दा उच्च स्कोर हो । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध नेपालले पावर प्लेमा ४७/२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ९.१ ओभरमा ७४ रनको साझेदारी गरे । तर अर्धशतक नजिक पुगेका भुर्तेललाई माइकल लिस्कले टम ब्रुसबाट क्याचआउट गराएपछि नेपालको रनगतिमा केही अंकुश लागेको थियो ।

आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि लिस्कले लगातार विकेट लिँदै नेपाललाई दबाबमा राखेका थिए ।

अर्का ओपनर आसिफ पनि १२औं ओभरमा लिक्सकै बलमा आउट भए । आसिफले २७ बलमा २ छक्का प्रहार गरी ३३ रन जोडे । लिस्कले आफ् तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेल (१६) लाई माइकल जोन्सबाट क्याचआउट गराउँदै तेस्रो सफलता दिलाए ।

९८-३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र पाँचौ नम्बरमा प्रमोट भएका गुल्सन झा मिलेर नेपालको इनिङ्स अघि बढाएका थिए ।   आक्रमक ब्याटिङ गरेका दीपेन्द्रलाई गुल्सनले राम्रो साथ दिएका थिए ।

दीपेन्द्रले १६औं ओभरमा लिस्कलाई २ छक्का र १ चौका प्रहार गरेपछि नेपालले एकै ओभरमा २० रन जोडेको थियो ।

दीपेन्द्रले अन्तिम ओभरमा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी२० विश्वकपमा लगातार अर्धशतक हान्ने उनी पहिलो नेपाली खेलाडी बने । यस्तै गुल्सन झाले अविजित २४ रन बनाए । १७ बल खेल्दै उनले १ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए ।

पहिलो १० ओभरमा १ विकेट मात्र गुमाएर ८० रन बनाएको स्कटल्यान्डले त्यसपछि १० ओभरमा ९० रन जोड्दा ६ विकेट गुमाएको थियो ।

सुरुवाती १० ओभरमा स्कटिङ ब्याटरले नेपाली बलरमाथि डोमिनेट गरेपनि पहिलो विकेट लिएपछि भने नेपालले खेलमा केही दबाब सिर्जना गरेको थियो । १० ओभरपछि भने खेलमा नेपालले डोमिनेट गरेको थियो ।

ओपनरद्वय माइकल जोन्स र जर्ज मुन्सेले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै स्कटल्यान्डका लागि राम्रो सुरुवात दिलाएका थिए ।

नेपालका लागि चार बलरले विकेट लिन नसकेपछि कप्तान रोहित पौडेलले आफैँ बलिङ गर्दै ब्रेक थ्रो दिलाएका थिए । आठौं ओभरमा आएका रोहितले ६ रन दिएका थिए भने दशौँ ओभरको अन्तिम बलमा ओपनर जर्ज मुन्सेलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । मुन्सेले २९ बल खेल्दै ४ चौका मदतमा २७ रन बनाए ।

दोस्रो विकेटका लागि पनि माइकल जोन्सले ब्राण्ड म्याकुमलेनसँग अर्धशतकिय (५२ रन) साझेदारी गरे ।

सोमपाल टी२० विश्वकपमा नेपालका लागि सर्वाधिक (९) विकेट लिने खेलाडी बने । यसअघि दीपेन्द्र सिंह ऐरी ८ विकेटसहित अघि थिए ।

१७औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले स्कटिस कप्तान रिची बेरिङटनलाई सन्दिप जोराबाट क्याचआउट गराए । बेरिङटनले ६ बलमा १० रन बनाएर आउट भए ।

१८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रस (४ रन) लाई बोल्ड गरे । सोमपालले १९औं ओभरको चौथो बलमा टम ब्रुस (५) लाई बोल्ड गर्दै व्यक्तिगत तेस्रो र टिमको छैटौं सफलता दिलाए ।  नन्दनले २०औं ओभरमा माइकल लिस्कलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए ।

मार्क वाटले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

अधिकांस युवा हरु जोशका साथ घन्टीमा

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने,बालेन अझै मानेनन्

ताजा अपडेट
  • १२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

  • अधिकांस युवा हरु जोशका साथ घन्टीमा

  • आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

  • प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved