महोत्तरी । युवा कुनै पनि मुलुकको वास्तविक पूँजी हो । कुनै पनि समाजको क्रियाशील जनशक्तिको महत्वपूर्ण र निर्णायक हिस्सा यसैमा पर्दछ । आशा र आकांक्षाका पुञ्जको रूपमा युवालाई चित्रण गरिन्छ ।
युवा राष्ट्र निर्माणको आधार, परिवर्तनको कारक र संवाहक हो ।
बालेन साह परिर्वनतको संकेत हो ,अब देश बालेनले बनाउँछ भन्ने विश्वासका साथ् महोत्तरी मनरासिस्वा ४ का अधिकांस युवा हरु जोशका साथ घन्टीमा लागिसकेको छ l

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिस्पर्धा यसपटक निकै रोचक र पेचिलो हुने देखिएको छ । यस क्षेत्रमा प्रभावशाली नेताहरु चुनावी मैदानमा छन् भने उनीहरूको परम्परागत वर्चस्वलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गौरी कुमारी यादवले कडा टक्कर दिने आँकलन गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का सुरेन्द्र यादव, जनमत पार्टीका मनोज साह , नेकपा (माओवादी केन्द्र) का भारत साह , एमालेका निलम यादव र नेपालि कांग्रेस पार्टीका महेन्द्र कुमार जस्ता ‘पूर्वमन्त्रीहरू ,नेताहरुसँग रास्वपा गौरी कुमारी यादव को भिडन्तलाई अर्थपूर्ण रूपमा क्षेत्रका युवाहरुले हेरेको छ ।



