eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

January 23rd, 2026

काठमाडौँ — धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् ।

उनको उम्मेदवारी फिर्ताबारे सामाजिक सञ्जालमा हल्ला भइरहेको समयमा  उनले उम्मेदवारी फिर्ता नलिएको प्रस्ट पारिन् । ‘मैले फिर्ता लिएको छैन । म चुनाव लड्न पाउने/नपाउनेबारे निर्वाचन आयोगमा छलफलमा भइरहेको बेलामा मेरो नामबाट फेक इमेल आयोगमा पठाइएको रहेछ । म यसबारे आयोगमै बुझ्न जाँदै छु,’ उनले भनिन्, ‘कसले यस्तो गरेको हो । म उजुरी गर्छु ।’

जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र छ भन्ने आरोप उनले खेपेकी थिइन् । ‘विदेशी परिचयपत्र छैन । मेरो यतैको पासपोर्ट र यतैको नागरिकता छ,’ उनले भनिन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले धादिङ-१ बाट उम्मेदवारी दिएकामध्ये ईश्वर भारतीबाहेक कसैले पनि फिर्ता नलिएको बताए । ‘अहिलेसम्म यो क्षेत्रबाट फिर्ता लिनेको सूचीमा भारतीबाहेक अरु देखिएका छैनन्,’ उनले कान्तिपुरसँग भने । उनका अनुसार शुक्रबार दिउँसोसम्म देशभरबाट ४९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

ताजा अपडेट
  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

  • जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved