eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

December 28th, 2025

काठमाडौँ — आइतबार झिसमिसे अघि नै रास्वपा सभापति रवि लामिछानेसँग ७ बुँदे समझदारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय चुनावमा होमिने भएका छन्।

तर उनी कहाँबाट चुनाव लड्ने भन्ने विषयमा अझै स्पष्टता छैन। उनका प्रतिस्पर्धी को हुन् भन्नेमा पनि सबैको चासो छ। बालेन र उनको समूह यस विषयमा अझै निष्कर्षमा पुगेका छैनन्।

मेयर शाहले चुनाव लड्ने विषयमा कतिसम्म आन्तरिक तयारी थालेका छन् भनेर बुझ्न हामीले उनको टिमका सदस्यहरूसँग कुरा गर्यौं। उनीहरूले बताएका अनुसार मेयर शाहले कहाँबाट चुनाव लड्नु उपयुक्त हुन्छ भनेर केही समयदेखि छलफल गरिरहेका छन् र त्यसमा शाह आफैले अग्रसरता देखाउँदै आएका छन्। बालेन निकट एक सहयोगीले भने, “तर यसमा अझै निष्कर्षमा पुगेको छैन।”

बालेनका लागि सबैभन्दा उपयुक्त विकल्प मेयर निर्वाचित भएको काठमाडौं हो। उनका निकट साथीहरू काठमाडौंको जुनसुकै स्थानबाट चुनाव लडे पनि बालेन जित्ने बताउँछन्। बालेनको घर काठमाडौंको सिनामंगलमा पर्छ, जुन निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ।

उनको टिमले बालेनका लागि अर्को विकल्प आफ्नै पुर्ख्यौली घर रहेको महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ पनि देखाएको छ। तर यो क्षेत्रबारे पर्याप्त छलफल भएको देखिँदैन।

बालेनले झापा क्षेत्र नम्बर ५ मा निर्वाचन लड्ने विकल्पबारे पनि साथीहरूसँग छलफल गरिरहेका छन्। यस क्षेत्रबाट यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गरेर छैटौं पटक निर्वाचित भएका थिए। त्यतिबेला एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको थियो।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई हराउन पाए रमाइलो हुने कुरा बालेनले आफ्ना निकटस्थसँग गर्ने गरेको उनीहरूको निकटस्थहरूले बताएका छन्। त्यसैले उनको टिमका सदस्यहरूले बालेनका लागि चुनाव लड्ने क्षेत्र झापा–५ रहेको बताउँदै आएका छन्। यसबारे बालेन र उनको टिमले पनि बुझ्ने प्रक्रिया थालिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

ताजा अपडेट
  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved