eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने,बालेन अझै मानेनन्

December 26th, 2025

काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सक्रियतामा सुरु भएको वैकल्पिक भनिएका शक्तिहरूको मिलापको छलफल निकै सकारात्मक स्थितिमा पुगेको स्रोतले दाबी गरेको छ।

बिहीबारबाट विकसित घटनाक्रममा लगभग बालेन, रवि र ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वका शक्तिहरू एक ठाउँमा आउने गरी छलफल भइरहेको स्रोतको भनाई छ। बालेनले निकट पात्रहरूको सहभागितामा देश विकास पार्टी खोल्न लगाएका छन् भने कुलमानले आफै संरक्षक रहने गरी उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्।

बिहीबार ललितपुरको ज्वागल बालेन र रविको भेट भएको थियो। सोही भेटमा भएको छलफलअनुसार दुवै जनाले कुलमानसहित फेरि एक पटक निर्णायक वार्तामा बस्ने सहमति गरेका थिए। उक्त बैठकमा रविले ‘न्युट्रल भेन्यु’मा बस्ने प्रस्ताव गरेका थिए। तर, दुवै जना बिहीबारै भने बसेनन्।

तर, कुलमान र बालेन भने राति अबेरसम्म बसेर सहमति जुटाएको स्रोत बताउँछ। जसमा दुवै शक्ति मिलेर जाने र रास्वपासँग भरसक मिल्ने कोसिस गर्ने भन्ने निष्कर्ष निकालेका थिए।

त्यसपछि शुक्रबारै फेरि रास्वपा र बालेन निकट पात्रहरूले सहमतिको कोसिस गरिरहेका छन्। बालेनका प्रमुख सल्लाहकार मानिने कुमार व्यञ्जनकार ९कुमान बेन०, रास्वपा नेता असीम शाह र आसिफ शाहले सहमतिका लागि कोसिस गरिरहेका छन्। उनीहरूले सहमतिका लागि लिखित ड्राफ्टमै काम गरिरहेका छन्।

तीनै जनाले बिहान रविसँग पनि भेटेका छन्। सो भेटले चुनावी तालमेल मात्र नभई तीनै शक्ति मिलेर पार्टी एकतासम्म गर्ने वातावरण बनेको स्रोतको दाबी छ।

‘जुन किसिमको प्रयास भइरहेको छ। त्यसले काम गरे सम्भवतः आजै लिखित सहमति पनि जुट्न सक्छ,’ स्रोतले भन्यो,‘भोलि९शनिवार० सहमतिको घोषणा गर्ने गरी वातावरण बन्ने अवस्था पनि छ।’

कुमार, असीम र आसिफले बालेनसँग भेटेर समन्वय गर्ने बताइएको छ। बालेन यति बेला काठमाडौं महानगरको नगर सभामा व्यस्त भएकाले नगर सभा सकिए लगत्तै छलफल भएर ‘ब्रेक–थ्रु’ हुनसक्ने बताइएको छ।

बालेन प्रधानमन्त्री मान्न सबै तयार, थप प्रस्ताव केकेरु

रवि र बालेन बिच आइतबारबाटै संवादको सिलसिला सुरु भएको थियो। सोमबार कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको घरमा झन्डै ६ घण्टा नै दुवै जना बिच छलफल भएको थियो।

सो छलफलका क्रममा रास्वपा नेताहरूले निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जान सक्ने संकेत गरेका थिए। तर, लामिछानेले भने प्रस्ट मुख खोलिसकेका थिएनन्। बरु उनले मिलेर जानेमा सहमत भए पनि शक्ति सन्तुलनबारे धेरै कुरा गरेका थिएनन्।

‘रास्वपामा आउन र मिलेरै अगाडी बढ्न उहाँको प्रस्ताव थियो। बालेन जीको नैतिक शक्तिको उहाँले खास्सै महत्त्व दिएको देखिएन,’ स्रोत भन्छ, ‘बरु रास्वपा देशैभर संगठन भएको, ५०० भन्दा बढी पालिकामा पुगिसकेकाले रास्वपाको संगठात्मक शक्ति बुझेर सबैले निर्णय गरिदिनुपर्ने भन्ने धारणा रविजीको देखियो।’

दोस्रो दिनै रविले पत्रकारसँग कुराकानी गर्दै बालेनलाई प्रधानमन्त्री दिनेसम्म वार्ता अघि बढिनसकेको बताएका थिए। त्यसपछि झस्किएका बालेनले वैकल्पिक भनिएका शक्ति, विभिन्न राजनीतिक दलका नेता, विभिन्न क्षेत्रमा प्रभावशाली पात्र, जेनजी अभियन्तासँग भेटवार्तालाई तीव्र बनाउँदै लगेपछि भने रास्वपा झस्किएको थियो।

त्यसपछि बिहीबार रवि ज्वागल पुगेर बालेनसँग भेटेका थिए। सो भेटमा उनले बालेनलाई प्रधानमन्त्री बनाएर जाने प्रस्ताव राखे, बालेनले शक्ति सन्तुलनबारे चासो राखे। रविले आगामी निर्वाचनको टिकेटिङमा रास्वपालाई ७० प्रतिशत राखेर ३० प्रतिशत दिन सकिने प्रस्ताव राखेका थिए। तर, त्यसमा बालेनले कुनै प्रतिक्रिया दिएनन्।

शुक्रबारसम्म आइपुग्दा रास्वपाले एकताका लागि ६०–४० भागबन्डाको नयाँ प्रस्ताव ल्याएको स्रोत बताउँछ। त्यसमा रास्वपाबाट ४० प्रतिशत, बालेन–कुलमानलाई २५–२५ र जेनजीलाई १० प्रतिशत भनेर प्रस्ताव राखेको बताइन्छ।

यस्तै रवि नै पार्टी सभापति हुने र बालेनलाई रविपछिको वरियता प्रदान गरेर भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने रास्वपाको प्रस्ताव छ। तर, यो प्रस्तावमा बालेन हालसम्म सहमत नभइसकेको स्रोत बताउँछ।

तै पनि एकताको फाइनल सहमतिका लागि रास्वपाबाट शिशिर खनाल र बालेनका तर्फबाट कुमान बेनले गृहकार्य गरिरहेको स्रोतले बतायो।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved