eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

आज विहानै सरकारी निवास खाली गरे पूर्व मुख्यमन्त्री जीतेन्द्र सोनल

November 21st, 2025

जनकपुरधाम । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जीतेन्द्र सोनलले सरकारी निवास छाडेका छन् । उनी आज विहानै सरकारी निवास खाली गरेका छन् ।

मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्ति गरेपछि मधेश प्रदेशमा सात दलीय गबठन्धनले सर्वोच्च अदालत फैसलाको प्रतीक्षामा रहेको छ । यसैक्रममा मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारलाई मुख्यमन्त्री निवास खाली गर्नका लागि दिएको अल्टिमेटम समयभित्रै खाली गरेका हुन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका थिए ।

मधेस प्रदेशकी तत्कालीन प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

महोत्तरीको बर्दिबासस्थित एक होटलमा उनले शपथ लिएपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र माओवादी केन्द्रसहित सात दल आन्दोलनमा छन्। संविधानको धारा १६८ को २ बमोजिम सरकार बनाउने सम्भावना हुँदाहुँदै उपधारा ३ बमोजिम सरकार बनाउनु असंवैधानिक रहेको बताउँदै उनीहरूले हरेक दिन मधेस भवनअगाडि विरोध गर्दै आएका छन्। विरोध कार्यक्रममा सात दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूसमेत सहभागी हुने गरेका छन्।

आन्दोलनकै कारण अहिले मधेसका अधिकांश मन्त्रालयको कामकाज ठप्प छ। आन्दोलनकारीले कर्मचारीहरूलाई कुटपिट गरेपछि कर्मचारीसमेत त्रसित छन्। केही कर्मचारी कार्यालयमा आउने र हाजिर गरेर फर्किने गरेका छन्। कोही भने आएकै छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved