eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

भारतले जिते महिला विश्वकपको उपाधि

November 3rd, 2025

काठमाडौँ — सेफाली वर्मा र दीप्ति शर्मा ब्याट तथा बल दुवैबाट चम्केपछि भारतले आइतबार राति दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै महिला विश्वकपको उपाधि जितेको छ । भारतले महिला विश्वकप जितेको यो पहिलो पटक हो ।

पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो । त्यसको जवाफमा मुम्बईको डीवाई पाटिल स्टेडियममा दक्षिण अफ्रिका २ सय ४६ रन बनाएर अलआउट भयो । दीप्तिले त्यसमा पाँच विकेट लिइन् ।

सेफालीले भारतका लागि सर्वाधिक ८७ रन बनाइन् । यस्तै दीप्तिको ब्याटबाट ५८ रन निस्केको थियो । वर्षाले खेल ढिला सुरु भएको थियो र यसक्रममा भारतले चुनौतीपूर्ण स्कोर खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लउरा वल्भार्डले आकर्षक १ सय १ रन बनाइन्, तर उनी आउट भएसँगै ४५ हजार भारतीय समर्थकमा खुसीयाली छाएको थियो । दीप्तिले नादिन डे क्लर्कको अन्तिम विकेट लिएसँगै भारतको जित निश्चित भएको थियो ।

सन् २००५ र २०१७ मा उपविजेतामै सीमित भएयता भारत महिलाको वान डे विश्वकप च्याम्पियन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved