eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायसँग गहन छलफल

October 18th, 2025

काठमाडौँ — सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको जनाएको छ । शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा गहन छलफल भएको छ । छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सुदृढ पार्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ ।

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त बैठक बोलाएका हुन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् ।

उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ । गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका हुन् । यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव रहेका छन् ।

यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

ताजा अपडेट
  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

  • जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved