eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

विश्वका विभिन्न देशमा बेथितिविरुद्ध विद्रोहको लहर

October 10th, 2025

काठमाडौँ — पछिल्लो समय जेन–जी पुस्ता विद्रोही चरित्रका कारण विश्वभर चर्चाको शिखरमा छ । इन्टरनेटको युगमा हुर्किएको यो पुस्ताले राजनीतिक सत्ता परिवर्तनका लागि गरेको विद्रोहले विश्वको ध्यान खिचेको हो । सन् १९९८ देखि २०१२ सम्म जन्मिएकाहरूको यो जेन–जी पुस्ताले सत्ता परिवर्तन गरेको पछिल्लो उदाहरण नेपालको हो ।

 

यो पुस्ताले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, बेरोजगारीविरुद्ध सामाजिक सञ्जालमा ‘नेपोकिड/नेपोबेबी’ को ह्यासट्यागमा भन्डाफोर अभियान थालेका थिए । सोही समयमा सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालको देशभित्र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयले उक्त अभियानलाई थप बल पुग्यो । अन्ततः सामाजिक सञ्जालको विद्रोह सडक उत्रियो ।

नेपालमा जस्तै जेन–जी विद्रोह अन्य कुन–कुन देशमा भए ? वा भइरहेका छन् र त्यहाँको वर्तमान अवस्था कस्तो छ ?

मोरोक्को

उत्तर अफ्रिकी मुलुक मोरोक्को पनि पछिल्लो समय विद्रोह भइरहेको मुलुक हो । मोरोक्कोमा गत २७ सेप्टेम्बरबाट यसको थालनी भएको हो । ‘जेन–जी २१२’ नामक ‘डिस्कोर्ड’ समूहले गरेको यो आन्दोलन अझै जारी छ । त्यहाँको भ्रष्टाचार, बेरोजगारीका विरुद्ध युवाले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै आएका थिए । त्यहाँका जनताले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि भोग्दै आएको असन्तोष नै विद्रोहको मुख्य कारण बन्न पुग्यो । स्वास्थ्य र शिक्षामा लगाउनुपर्ने राज्यको बजेट २०३० मा हुने भनिएको विश्वकप फुटबलका संरचनामा लगाउने कदमको विरोधमा युवा सडकमा उत्रिए ।

पेरु

मोरोक्कोभन्दा केही समयअघि ल्याटिन अमेरिकी मुलुक पेरुमा पनि जेन–जीहरूले आन्दोलन गरेका थिए । पेरुमा बढ्दो आर्थिक असमानता तथा सरकारको असफलताका कारण जेन–जीहरू सरकारसँग रुष्ट थिए ।

२० सेप्टेम्बरमा तत्कालीन सरकारले पेन्सन सुधारसम्बन्धी विधेयक पारित गरेको थियो, जसमा १८ वर्ष पूरा भएका युवाले आफ्नो आम्दानीको केही हिस्सा अनिवार्य रूपमा पेन्सनको खातामा जम्मा गर्नुपर्ने अनिवार्य सर्त राखिएको थियो । पेरुमा ६० देखि ७० प्रतिशत युवा अस्थायी रोजगारीमा निर्भर छन् । उनीहरूलाई प्रत्येक महिना पेन्सनका लागि योगदान गर्न गाह्रो पर्छ । तर, राज्यले अस्थायी जागिर भएकालाई पनि पेन्सनमा अनिवार्य योगदान गर्न भनेपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए ।

केन्या

२०२४ जुनमा केन्यामा हजारौं नागरिक सडकमा उत्रिए । उनीहरू सरकारद्वारा प्रस्तावित कर वृद्धिसम्बन्धी विधेयकको विरोधमा थिए । उक्त विधेयकले दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरू ‘ब्रेड’, ‘डायपर’ देखि शौचालयमा प्रयोग हुने सामग्रीमा कर बढाउने मनसाय राखिएको थियो । सामाजिक सञ्जाल विशेषगरी ‘एक्स’ र ‘टिकटक’ मार्फत युवाले एकअर्कालाई अर्थ विधेयकका प्रावधानबारे जानकारी दिंदै सरकारविरुद्ध आन्दोलन सुरु गरे । यो आन्दोलनलाई ‘जेन–जी विद्रोह’ नाम दिइयो ।

फिलिपिन्स

फिलिपिन्समा पनि ‘नेपो किड्स’ ट्रेन्ड चलाइएको थियो । सामाजिक सञ्जालमा जेन–जीहरूले त्यहाँका भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका थिए । तर २१ सेप्टेम्बरले उनीहरूको आन्दोलनलाई बल पुग्यो । २१ सेप्टेम्बरमा मनिलाको रिजाल पार्क (लुनेटा) र क्वेजोन सिटीको ईडीएसए पिपल पावर मोनुमेन्टमा भएको ‘ट्रिलियन पेसो मार्च’ मा १ लाख ३० हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए । यो आन्दोलनको थालनी १२ सेप्टेम्बरमा नै भएको थियो । विद्रोहको मुख्य कारण जुलाई २०२५ मा राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आफ्नो राष्ट्रिय सम्बोधनमा भ्रष्टाचारबारे खुलासा गरेका थिए ।

इन्डोनेसिया
सांसदहरूलाई मासिक पाँच करोड इन्डोनेसियन रुपैयाँ (लगभग तीन हजार अमेरिकी डलर) भत्ता दिने निर्णयले इन्डोनेसियाका युवा पनि आक्रोशित थिए । त्यसको विरोधमा जेन–जीहरूले सामाजिक सञ्जालमा ‘नेपोकिड्स र नेपोबेबी’ अभियान सुरु गरे । जसमा सांसदहरूको विलासिता र आमनागरिकको दुःखलाई तुलना गरेर व्यंग्य गरिन्थ्यो । अन्ततः सामाजिक सञ्जालको विरोध २५ अगस्ट २०२५ देखि सडकमा पोखियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved