काठमाडौँ — २६ वर्षीया लुना लुइँटेल मिस नेपाल २०२५ घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले मिस नेपाल वर्ल्डको ताज पहिरेकी हुन् ।
‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्याइ दिइन् । स्कूभा डाइबरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । उनले त्यहाँ नर्सिङ अध्ययन गरिन् । ‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् । लुना ‘लर्न अर्न एण्ड रिटर्न’ अर्थात् ‘सिक, कमाई र फिर्ता गर’ भन्ने अवधारणामा विश्वास गर्छिन् ।
प्रतिक्रिया



