eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

पर्सामा झाडापखाला र हैजाका बिरामीको संख्या ७ सय १२ पुगे

August 30th, 2025

पर्सा — पर्सामा एक साता यता वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा झाडापखाला र हैजाका बिरामीको संख्या ७ सय १२ पुगेको छ । तीमध्ये ५ सय १७ बिरामी निको भएर डिस्चार्ज भई घर फर्किसकेका छन् ।

१ सय ९५ बिरामी अझै विभिन्न अस्पतालमा उपचाररत छन् । स्वास्थ्य कार्यालय पर्साले शनिबार बिहान प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार, हालै मात्र ७७ नयाँ बिरामी स्वास्थ्य संस्थाहरूको सम्पर्कमा आएका छन् । हाल ३३ जना बिरामी आइसियुमा, ४ जना एचडीयूमा र १ सय ५८ जना सामान्य वार्डमा उपचाररत छन् ।

हालसम्म पर्सामा आरडिटी परीक्षणबाट १ सय ६२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हैजा पुष्टि भएकामध्ये १ सय १ जना उपचारपछि डिस्चार्ज वा अन्यत्र रिफर भएका छन् । ६२ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

विज्ञप्तिअनुसार, साउन २८ देखि वीरगन्जको तराई अस्पतालमा झाडापखालाका बिरामी देखिन थालेका थिए । भदौ ५ गते पहिलो पटक उनीहरूमा हैजाको संक्रमण पुष्टि भएको थियो । लगत्तै स्थानीय तह, संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, आइएफआरसी लगायतका निकायहरूसँग समन्वय गरी नियन्त्रणका प्रयासहरू जारी छन् । जनचेतनामूलक कार्यक्रमहरू जस्तै रेडियो सन्देश, रिक्सा माइकिङ र घरदैलो अभियान सञ्चालन गरिएको छ ।

भदौ ७ गते स्वास्थ्य कार्यालयको पहलमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीहरूको बैठकले २२ वटा टोली जनचेतना र ५ वटा टोली तथ्याङ्क सङ्कलनका लागि गठन गरेको थियो । मधेस प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रबाट आरडिटी किट र औषधिहरू प्राप्त भई अस्पताल र स्थानीय तहमा वितरण गरिएको छ । थप किट र औषधिका लागि समन्वय भइरहेको छ । प्रकोपको कारण पत्ता लगाउन पानीका नमुनाहरू सेन्ट्रल ल्याबमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

१२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

अधिकांस युवा हरु जोशका साथ घन्टीमा

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

ताजा अपडेट
  • १२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

  • अधिकांस युवा हरु जोशका साथ घन्टीमा

  • आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

  • प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved