eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न माग

August 21st, 2025

महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे मधेश प्रदेश सरकारले दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण मागेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा. सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।
सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो ।

मुख्यमन्त्री सतिश कुमार सिंहलाई महोतरी स्थित विभिन्न संघ सस्थाका प्रतिनिधी र सरोकारवाला हरुले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्योहोरा दर्शाउँदै मंगलवार ज्ञापन पत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानवीन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो ।

स्पष्टीकरण सोधिएकाहरुमाथी सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहिता पालना नगरेको तथा कार्य सम्पादनमा लापरबाही गरेको आरोप रहेको छ । पत्रमा भनिएको छ, “३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउनेछ ।”
प्रदेश निजामति सेवा ऐनको दफा ८६ को उपदफा १ को खण्ड घ अनुसार कर्मचारीले आचरण सम्बन्धी कुरा पालना नगरेमा वा उल्लघन गरेमा र खण्ड च अनुसार सेवा प्रवाहमा जानाजान लापरवाही वा ढिलासुस्तीका कारण सेवाग्राही लाई हानी नोक्सानी पुग्न गएको व्योहोरा प्रारम्भिक सोधपुछ र स्थलगत अनुगमनवाट देखिएकोले स्पष्टीकरण सोधिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सेवाप्रवाहमा लापरवाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

१२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

अधिकांस युवा हरु जोशका साथ घन्टीमा

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

ताजा अपडेट
  • १२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

  • अधिकांस युवा हरु जोशका साथ घन्टीमा

  • आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

  • प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved