eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

श्री कृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

August 16th, 2025

देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्री कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सम्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

भगवान् श्रीकृष्ण सम्पूर्ण मानव सभ्यताका लागि प्रेरणाको अमृत स्रोत, जीवनको रहस्य र धर्मको मूलभूत दर्शनका दाताको रुपमा स्थापित हुनुहुन्छ । द्वापर युगमा जन्मिएका यी युगपुरुष केवल एक ऐतिहासिक वा धार्मिक पात्र मात्र होइनन्, एक मार्गदर्शक, एक दार्शनिक, एक मित्र र एक क्रान्तिकारी व्यक्तित्व पनि हुन् । महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई प्रदान गरिएको भगवद्गीता को अमर उपदेश केवल त्यो समयका लागि सीमित थिएन, त्यो युगान्तर पार गर्ने दिव्य सन्देश थियो- जसले आज हजारौं वर्षपछि पनि मानिसको जीवनयात्रामा मार्गदर्शन गरिरहेको छ ।

श्रीमद्भगवद्गीता केवल धार्मिक ग्रन्थ मात्र नभई जीवनको सार्वभौम मार्गदर्शन हो भन्ने सन्देश दिन्छ । श्रीमद्भगवद्गीता महाभारतको भीष्मपर्वमा कृष्ण र अर्जुनबीचको संवाद हो, तर यो केवल रणभूमिको कथा होइन- यो जीवनका सबै अवस्थाका लागि एक गहिरो ‘म्यानुअल’ हो । जाति, धर्म, समय, स्थान, युग- कुनै सीमामा नबन्दिने यो ग्रन्थ आज पनि तितिक्षा (सहनशीलता), विवेक र कर्मको मार्गदर्शक बनेको छ । श्रीमद्भगवद्गीता कुनै एक धर्म वा समुदायको सम्पत्ति होइन, बरु यो मानवताको साझा सम्पदा हो । यसको शिक्षाले संसारका सबै मानिसलाई आत्मज्ञानी, कर्तव्यबोध र सन्तुलित जीवनतर्फ प्रेरित गर्छ । कर्मयोगले परिणामको आसक्तिबिना कर्म गर्ने अभ्यास, ज्ञानयोगले सत्य र आत्माको वास्तविक स्वरूपको बोध र भक्तियोगले ईश्वरप्रति समर्पण र प्रेममा समर्पित छ । त्यसैले हाम्रो जीवनका रणभूमिहरू- व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा सामाजिक सबैमा गीता समान रूपले उपयोगी छ ।

श्रीमद्भगवद्गीता केवल पूजा कोठामा राख्ने पुस्तक होइन, बरु दैनिक जीवनमा उतार्ने जीवन सूत्र हो । जब हामी परिणामभन्दा कर्ममा ध्यान दिन सिक्छौँ, सुख-दुःखमा समान भाव राख्छौँ र ज्ञान, कर्म र भक्ति तिनैलाई मिलाएर अघि बढ्छौँ, तब जीवन वास्तवमै सन्तुलित र सार्थक बन्छ जसले कर्तव्य, निष्ठा र सत्यप्रति अडिगता बनाउँछ । यसले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि दीर्घकालीन स्थिरता दिन्छ ।

युग बदलिँदै जाँदा मानिसको जीवनशैली, प्रविधि र सोच बदलियो, तर कृष्णको उपदेश अझै ताजा र सान्दर्भिक छ । व्यवसायमा- गीता सिकाउँछ कि दीर्घकालीन सफलता कर्तव्यनिष्ठा र नैतिक आचरणमा निहित छ । शिक्षामा- आत्मअनुशासन र अध्ययनप्रति निष्ठा कृष्णीय दर्शनको प्रत्यक्ष अनुप्रयोग हो । सामाजिक जीवनमा- सहिष्णुता, प्रेम र सहयोगको भावको सार श्रीकृष्णले गीतामा दिनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

ताजा अपडेट
  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

  • जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved