eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

(एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न

August 10th, 2025

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

अक्सनका लागि १६४ खेलाडीको सूची रहेकोमा ३७ खेलाडीहरू अनुबन्ध भएका थिए ।

विभिन्न टोलीले आ-आफ्नो आवश्यकता अनुसार खेलाडीहरू अनुबन्ध गरेका छन् ।

अक्सनपछि अब विदेशी खेलाडीको मात्र टुंगो लाग्न बाँकी रहँदा कुन टिम कस्तो बन्यो त रु संक्षिप्तमा लेखेका छौं ।

 

जनकपुर बोल्ट्स

जनकपुरले अक्सनअघि अघिल्लो सिजनका मार्की र कप्तान दुवैसहित ७ खेलाडीलाई रिटेन गरेको थियो ।

अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई टोलीले रिटेन गरेको थियो ।

अक्सनबाट जनकपुरले सचिन भट्ट, आदित्य महता, मयन यादव अनुबन्ध गर्दा विश लिस्टबाट बिकाश आग्रीलाई अनुबन्ध गर्‍यो ।

जनकपुरको टोली स्आसिफ शेख, अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, बिकाश आग्री

सुदूरपश्चिम रोयल्स

गत सिजनको उपविजेता टोली सुदूरपश्चिमले अक्सनअघि गत सिजनका मार्की तथा कप्तान दिपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरेको थियो ।

उनीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका छन्।

अक्सनबाट सुदूरले हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा अनुबन्ध गर्दा विश लिस्टबाट दिपक बोहरा र मिलन बोहरा अनुबन्ध गर्‍यो ।

सुदूरपश्चिमको टोली स् दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा

कर्णाली याक्स

गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेर तेस्रो स्थान हासिल गरेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरीलाई रिटेन गरिसकेको थियो ।

अक्सनबाट कर्णालीले पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री अनुबन्ध गर्‍यो ।

कर्णालीको टोली  सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री

चितवन राइनोज

पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।

अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गर्‍यो ।

चितवनको टोली स् कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार

काठमाण्डु गोर्खाज

पहिलो संस्करण पाँचौं स्थानमा रहेर टुंग्याएको काठमाण्डुले मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको थियो ।

अक्सनबाट काठमाडौंले उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम अनुबन्ध गर्‍यो ।

काठमाडौंको टोली स् करण केसी, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम

विराटनगर किङ्स

विराटनगर पहिलो सिजन छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको टोली हो । स्टार लेगस्पीनर सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई टोलीले रिटेन गरेको थियो ।

अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गर्यो ।

विराटनगरको टोली  सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शर्वन किस्कु र शंकर राना

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सले मार्की कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गरेको थियो । जसमा दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दास छन् ।

अक्सनबाट पोखराले अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल अनुबन्ध गर्दा विश लिस्ट बाट सन्दीप खत्री क्षेत्री अनुबन्ध गर्यो।

पोखराको टोली स् कुशल भुर्तेल, दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री

लुम्बिनी लायन्स

लुम्बिनीले गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको थियो ।

अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्ट बाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गर्यो ।

लुम्बिनीको टोली  रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved