eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

रक्षाबन्धन पर्व आज देशभर मनाइँदै

August 9th, 2025

२४ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो धारण गरेर मनाइँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved