eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

मधेशमा पानी परेपछि किसान धान रोपाइँमा व्यस्त

August 4th, 2025

तराई/मधेशमा पानी परेपछि किसान धान रोपाइँमा व्यस्त भएका छन् । लामो समयसम्म पानी नपरेको सुक्खाग्रस्त क्षेत्र मधेशप्रदेशमा अहिले धमाधम रोपाइँको काम भइरहेको छ । पानी नपरेर खेत बाँझै रहँदा मधेशका किसान चिन्तामा परेका थिए । तर शनिवारदेखि परिरहेको पानीले ढिलै भए पनि राहत दिएको छ ।

विगतमा मध्यसाउनसम्म रोपाइँको काम अन्तिम भइसकेको हुन्थ्यो । तर यसपालि साउन मध्यपछि मात्रै अन्नको भण्डार मधेशमा रोपाइँ सहज भएको छ । यो हप्ता मधेश प्रदेशमा धमाधम रोपाइँको काम हुने भएकाले किसानलाई मुख्यगरी धानको उपयुक्त बीउ र जनशक्ति जुटाउनुपर्ने चुनौती छ ।

यसअघि तयार भएको ब्याडबाट रोपाइँ हुन नसके छिटो पाक्ने जातहरु छनोट गर्नुपर्ने धानबालीका विज्ञ डा.उज्जवलकुमार सिँह कुशवाहा बताउनुहुन्छ । छिटो पाक्ने जातहरु हर्दिनाथ–१, हर्दिनाथ–३, हर्दिनाथ–५, चैते–२, चैते–५, सुक्खाधान–३, सुक्खा धान–५ र सुक्खा धान–६ हुन् । त्यस्तै बासमतीका जातहरु शुद्धोधन कालानमक र लल्का बासमती लगाउन सकिने विज्ञको सल्लाह छ ।

मधेशमा अहिलेसम्म झन्डै ५८ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजोसम्म देशभर ८४ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष १३ लाख ७८ हजार हेक्टरमा रोपाइँ हुने कृषि मन्त्रालयको अनुमान छ । अहिलेसम्म कुल रोपाइँ हुने क्षेत्रफलमध्ये ११ लाख ५६ हजार हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved