eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

जनकपुरधामको पहिचान बनेको झुलनोत्सव लोप हुने अवस्थामा

August 3rd, 2025

मैथिलीमा ‘झुला’ भन्नाले कसैलाई पिङमा राखेर अगाडि–पछाडि हलाउनु वा झुलाउनु भन्ने अर्थ लाग्छ । सामान्यतया यो काम बालबालिकालाई भुलाउन गरिन्छ । त्यस्तै झुलनोत्सवको उत्सवले जानकीप्रति मातृभाव र स्नेह तथा रामप्रति ज्वाइँको रुपमा सम्मान प्रकट गर्छ । केही मान्यताअनुसार, सीता–रामलाई साथीका रूपमा सम्झेर साथीसँगीहरूले पनि झुला झुलाउने चलन छ । यसैले यस पर्वलाई ‘झुला उत्सव’ वा ‘झुलनोत्सव’ भनिन्छ । यो मिथिलाञ्चलभरी एक महिनासम्म चल्छ । यो पर्व साउन महिनाको शुक्ल तृतीयादेखि शुरु भएर पूर्णिमासम्म मनाइन्छ । यस वर्षको झुल्नोत्सव अघिल्लो हप्ताको आइतबार साँझदेखि शुरु भएको हो ।

जब कुनै घरमा छोराछोरी जन्मिन्छिन्, आमाबुबाले उनलाई झुलामा राखेर झुलाउने, माया गर्ने परम्परा हुन्छ । यही भावनालाई आधार मानेर जनकपुरको जानकी मन्दिरमा जन्मिएकी जानकी अर्थात् सीता माताप्रति विशेष वात्सल्य माया प्रकट गर्न यो पर्व मनाइन्छ ।

यस अवसरमा जानकीलाई छोरीझैं झुलामा राखेर झुलाइन्छ, अनि उनका श्रीमान् रामलाई ज्वाइँको रुपमा सम्मान र स्नेह देखाइन्छ ।

झुलनोत्सवसँग जोडिएको मणि पर्वतको कथा

मणि पर्वतसँग जोडिएको एउटा रोचक किंवदन्ती छ । जानकी मन्दिर नजिक रहेको यो ठाउँमा, जानकीको विवाहको बेलामा अयोध्याबाट राजा दशरथले थुप्रै बहुमूल्य उपहारहरू–मणि, मानिक्य, सुनचाँदी ल्याएका थिए । ती उपहारहरू एउटै ठाउँमा राखिँदा पर्वतजस्तै ठूलो थुप्रो बनेको थियो र ती मणिहरू चम्किने भएकाले त्यस ठाउँलाई ‘मणि पर्वत’ भनिएको हो । ऋहिले पनि जनकपुरधामको वडा नम्बर १३ मा मणि पर्वत अवस्थित छ, जसलाई ‘मणि मण्डप’ पनि भनिन्छ ।

पहिलेको समय झुलनोत्सवको अवसरमा मणि पर्वतमा हात्ती र घोडाको दौड प्रतियोगिता हुने गर्थ्यो। झन्डै १२ विघा क्षेत्रफलमा फैलिएको यो दौड प्रतियोगितामा विजयी हात्ती वा घोडालाई जानकी मन्दिरबाट पुरस्कार दिइन्थ्यो । त्यो प्रतियोगिता हेर्न भारतबाट समेत पर्यटकहरू आउँथे र लाखौं भक्तजन जानकी मन्दिरमा पूजापाठ गर्न भेला हुन्थे ।

पूर्णिमाको दिन मणि पर्वतमा विशेष मेला लाग्थ्यो । अहिले यही ठाउँमा सङ्घीय सरकारको १८ करोड रुपैयाँ सहयोगमा ‘सीता विवाह मण्डप’ निर्माण गरिएको छ, जसले यो क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अझ बढाएको छ ।

जनकपुरधाममा रहेको मणि पर्वत झुल्नोत्सवसँग गहिरो रूपमा जोडिएको ऐतिहासिक र धार्मिक स्थल हो । झुलनोत्सवको पहिलो दिन जनकपुरका सबै मठ–मन्दिरहरूबाट राम–जानकीका प्रतिमाहरू शोभा यात्राको रूपमा निकालिन्छन् र ती सबैलाई मणि पर्वतको खुला चौरमा ल्याएर एकै ठाउँमा भेला गरिन्छ । यस अवसरमा एक–आपसमा आत्मीयता बाँड्ने, भजन–कीर्तन गाउने परम्परा पनि छ ।

मणि पर्वतको समारोहपछि साँझ सबै साधु–सन्त र भक्तजनहरू आ–आफ्ना मठमन्दिर फर्कन्छन् । हरेक मन्दिरमा पहिलेबाटै विशेष रूपमा सजाइएको झुला तयार गरिएको हुन्छ । ती झुलाहरू फूल, माला र झिलिमिली बत्तीले आकर्षक तरिकाले सजाइन्छन् ।

मणि पर्वतबाट फर्किएपछि देवी–देवताका प्रतिमाहरू ती झुलामा राखिन्छन्, र पहिलो दिन साँझ हर्ष–बधाईका गीत गाइन्छन् । त्यसपछि राम–सीताको प्रतिमालाई पुनः सिंहासनमा स्थापना गरिन्छ । यो प्रक्रिया दैनिक १५ दिनसम्म दोहोरिन्छ ।

मिथिलाञ्चलमा ५२ वटा कुटी (मठ) छन् । पहिलेको समय यी सबै कुटीमा ‘कुटी नाच’ हुने चलन थियो, र सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्थे । भक्तजनहरू सबै कुटी घुम्दै नाच हेर्न जान्थे । अहिले भने कुटीहरूमा सहभागिता कम देखिन्छ, तर साँझपख अझै पनि झुला झुलाउने परम्परा कायम छ ।

झुलनोत्सवको बेला हरेक साँझ फरक–फरक समूहले नाचगान प्रस्तुत गर्छन्, र यो कार्यक्रम एक महिनासम्म चल्ने गर्छ ।

मिथिलाञ्चलका अन्य मठ–मन्दिरहरूमा पनि यसै गरी झुल्नोत्सव मनाइन्छ । केवल राम–सीता मात्र नभई, जस–जसका मन्दिर छन्, ती सबै देवी–देवताका प्रतिमाहरूलाई पनि झुलामा राखेर झुलाइन्छ ।

यस उत्सवमा साधु–सन्तदेखि सबै स्थानीय बासिन्दाले पारम्परिक झुला गीत गाएर, नाचेर, रमाइलो गरेर पर्वको उल्लास मनाउने परम्परा छ ।

झुलनोत्सवको अन्तिम दिन पूर्णिमाको अवसरमा झुलाको डोरी काटेर पर्वको विधिवत् समापन गरिन्छ । यो दिन विशेष उत्सवको रूपमा मनाइन्छ ।

नेपाली समाजमा छोराछोरी वा चेलीबेटीलाई स्नेह प्रकट गर्न झुलामा झुलाउने परम्परा पनि माया देखाउने एक महत्त्वपूर्ण पक्ष हो । जब साना बालबालिका रून्छन् वा उनीहरूलाई रमाइलो गराउनुपर्छ, त्यतिबेला झुला झुलाउने चलन व्यापक रूपमा प्रयोग हुन्छ । साथी–सङ्गीतहरूबीच झुल्ने वा पिङ खेल्ने चलन पनि यही परम्पराको भाग हो ।

यसरी झुलनोत्सव केवल धार्मिक मान्यता मात्रै होइन, यो मिथिला संस्कृतिको अभिन्न अङ्ग पनि हो । आफ्नी छोरी, सखी वा ज्वाइँलाई झुलामा राखेर माया–स्नेह देखाउने भाव मिथिला क्षेत्रमा विशेष रूपमा पाइन्छ ।

यदि यही भावना र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सकियो भने, यो पर्व विश्वभरिका पर्यटकलाई आकर्षित गर्न सक्ने सामथ्र्य राख्छ । झुलनोत्सवलाई पर्यटनसँग जोड्न सके, यसले स्थानीय संस्कृति, अर्थतन्त्र र पहिचान तीनवटै पक्षलाई लाभ दिन सक्छ ।

मिथिलाका यस्ता मौलिक संस्कृति र उत्सवहरूलाई संरक्षण गर्दै पर्यटन उद्योगसँग समायोजन गर्न सकियो भने सम्पूर्ण क्षेत्र लाभान्वित हुनसक्छ ।

मैथिली विषयका उपप्राध्यापक तथा मिथिला संस्कृतिका ज्ञाता–श्यामसुन्दर शशि

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved