eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

काश्मीरमा हिन्दू पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिए

July 29th, 2025

भारतीय सुरक्षा बलको कारबाहीमा भारतीय काश्मीरमा हिन्दू पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिएको गृहमन्त्री अमित शाहले मङ्गलबार बताउनुभएको छ । अप्रिल २२ मा भारतीय काश्मीरको लोकप्रिय रिसोर्ट सहरमा २६ जनाको गोली हानी हत्या भएको तीन महिनाभन्दा बढी समयपछि सोमबार सैन्य कारबाहीमा भारी हतियारधारी ती मानिस मारिएका थिए ।

“म संसद्लाई भन्न चाहन्छु कि बैसरनमा आक्रमण गर्नेहरू तीन आतङ्कवादी थिए र तीनै जना मारिएका छन्”, उहाँले भन्नुभयो । शाहले मारिएका तीनमध्ये दुई जना पाकिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी समूह लश्कर-ए-तैयबाका सदस्यका रूपमा पहिचान गर्नुभएको छ । “भारतीय सुरक्षा निकायहरूसँग आक्रमणमा उनीहरूको संलग्नताको विस्तृत प्रमाण छ”, उहाँले संसद्को तल्लो सदन (लोकसभा) मा भन्नुभयो ।

सोमबारको अपरेसन विवादित क्षेत्रको मुख्य सहर श्रीनगरबाट करिब ३० किलोमिटर (१८ माइल) टाढाको दाचिगामको पहाडमा भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ । अप्रिलमा भएको आक्रमणमा पहलगाम नजिकैको जङ्गलबाट बन्दुकधारीहरू बाहिर निस्केर आगन्तुकहरूको भीडमाथि स्वचालित हतियारहरूले गोलीबारी गरेका थिए । मारिएका सबै व्यक्ति नेपालका एक जना बाहेक भारतका बासिन्दाका रूपमा सूचीबद्ध थिए ।

भारतले पाकिस्तानलाई आक्रमणकारीहरूलाई समर्थन गरेको आरोप लगाएको थियो । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको थियो । जसले गर्दा मे महिनामा आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबिच चार दिनको तीव्र द्वन्द्व हुँदा दुवै पक्षका ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो । मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले यस क्षेत्रलाई पूर्णरूपमा दावी गर्ने भारत पाकिस्तानले यसको नियन्त्रणलाई लिएर दुई युद्ध र धेरै द्वन्द्व लडेका छन् । रासस/एएफपी 

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved