eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

जुलीको बयान-कि मैले आत्महत्या गर्नुपर्थ्यो,  कि उसलाई मार्नुपर्थ्यो

July 21st, 2025

महोत्तरी गाउँपालिका १ पर्सा टोलका ३२ वर्षीय बिमलेश यादवको हत्या आरोपी एक युवतीले प्रहरीमा सनसनीपूर्ण बयान दिएकी छन् ।

 

महोत्तरीकै बनौटा घर भएकी २१ वर्षीया जुली झा बिमलेशको हत्या आरोपमा पक्राउ परेकी छन् । जुलीले प्रहरी बयानमा भनेकी छन्,‘मसँग दुई वटा विकल्प बाँकी थियो    कि मैले आत्महत्या गर्नुपर्थ्यो,  कि उसलाई मार्नुपर्थ्यो, मैले दोस्रो विकल्प रोजेँ ।’

 

जुलीको बयान सुनेर अनुसन्धानमा खटिएका प्रहरी समेत चकित परे । किन हत्या गरेको  भन्ने प्रश्नमा जुलीले भनिन्,‘हामीबीच तीन वर्षअघि शारीरिक सम्बन्ध थियो, बिमलेशले हाम्रो शारीरिक सम्बन्धको फोटो र भिडियो बनाएको थियो, त्यही देखाएर मलाई पटक पटक ब्ल्याकमेलिङ गरेर सम्बन्ध राख्यो ।’

बिमलेशले फेसबुकको फेक आईडी बनाएर आफ्ना परिवार र साथीलाई समेत शारीरिक सम्बन्धको फोटो र भिडियो पठाएर आफ्नो चरित्रहत्या गरेको आरोप जुलीको छ ।

‘पहिला हामी फेसबुकबाटै एकअर्कासँग नजिक भएका थियौं, सहमतिमै शारीरिक सम्बन्ध भएको’, जुलीले प्रारम्भिक बयानमा भनेकी छन्,‘बिमलेशले हाम्रो सम्बन्धको फोटो र भिडियो खिचेको रहेछ, पछि मलाई त्यही देखाएर पटक पटक शारीरिक सम्बन्ध राख्न बाध्य पार्‍यो ।’

जुली धनुषामा बसेर स्नातक पढ्दै आएकी थिइन् । बिमलेश पनि महोत्तरीबाट झासँग सम्बन्ध राख्नकै लागि धनुषा आउँथे । घटना भएको दिन यही साउन ३ गते पनि बिमलेशले जुलीलाई गेष्ट हाउसमा बोलाएका थिए ।

राति गेष्ट हाउसमा बिमलेशले धेरै मदिरा पिएका थिए । त्यही मौकामा आफूले बिमलेशमाथि होटलको तरकारी काट्ने चक्कु प्रहार गरेको बयान जुलीले दिएकी छिन् । चक्कु प्रहार गरेपछि बिमलेश छट्पटिएर गेष्ट हाउसको एक तलामाथिबाट खसेका थिए ।

लगत्तै प्रहरीलाई खबर पुगेको थियो । प्रहरी चौकी जिरोमाइलबाट प्रहरी पुग्दा बिमलेश नग्न र रगताम्य अवस्थमा भुइँमा छट्पटाइरहेको अवस्थामा फेला परेका थिए । प्रहरीले राति नै घाइते बिमलेशलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगेको थियो । उपचारकै क्रममा साउन ४ गते बिहान सात बजेर ४५ मिनेटमा बिमलेशको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार अनुसन्धानका क्रममा गेष्ट हाउसको सीसीटीभी समेत हेरिएको थियो । सीसीटीभीमा कैद भएको दृश्य अनुसार साउन ३ गते राति ९ बजेर ५० मिनेटमा बिमलेश र जुली बा ४५ प ४५८६ नम्बरको मोटरसाइकल चढेर गेष्ट हाउसको मुख्य प्रवेशद्वारबाट प्रवेश गरेका थिए ।

उनले होटलभित्र छिरेर आफ्नो नाम इन्ट्री गराउँदा शनि यादव भनेर लेखाएका थिए । एसपी रेग्मीका अनुसार बिमलेश साउन ४ गते बिहानको दुई बजेर ५७ मिनेटमा नग्न अवस्थामा होटलको पहिलो तलाबाट रगताम्य अवस्थामा भुइँमा खसेको सीसीटीभी फुटेजमा देखिन्छ ।

‘बिमलेश भुइँमा बजारिएपछि जुली बिहान तीन बजेर चार मिनेटमा खाली खुट्टा भाग्दै गरेको दृश्य समेत सीसीटीभीमा कैद भएको छ,’ एसपी रेग्मीले भने, ‘घर पुगेकी जुलीलाई महोत्तरीकै परौल भन्ने ठाउँबाट प्रहरीले ४ गते मध्यान्ह १२ बजेतिर नियन्त्रणमा लिन सफल भयो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved