eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

ह्यापी बर्थ डे मेरी जान’ भन्दै सन्देश पठाएको शिक्षक बर्खास्त

July 18th, 2025

रौतहट — छात्रालाई अनुचित सन्देश पठाएको आरोप लागेका रौतहट गरुडाका एक शिक्षकलाई विद्यालयले बर्खास्त गरेको छ । शिक्षक विरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएपछि उनी अहिले प्रहरी हिरासतमा छन् ।

गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्रीमाध्यमिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई विद्यालयले बिहीबार बर्खास्त गरेको हो । छात्रालाई अनुचित सन्देश पठाएको प्रकरण बाहिरिएपछि विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले शिक्षक साहलाई बर्खास्त गरेको विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष राजकुमार दासले जानकारी दिए ।

‘शिक्षक साहले पटकपटक छात्रालाई दुर्व्यवहार गरेको र सामाजिक दण्ड भोगे पनि कानुनी कारबाही नहुँदा मनोबल बढेको जस्तो देखियो,’ उनले भने, ‘विद्यालयको शैक्षिक वातावरण ठिक राख्नका लागि पनि शिक्षक साहलाई बर्खास्त गर्न जरुरी थियो । हामीले त्यही गरेका हौं ।’

विद्यालयमा अध्ययनरत १६ वर्षीया छात्रालाई गत आइतबार ‘ह्यापी बर्थ डे मेरी जान’ भन्दै सन्देश पठाएको अभिभावकले जानकारी पाएपछि आक्रोशित विद्यार्थी लगायत स्थानीयले साहमाथि कुटपिट र विद्यालय परिसरमा तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड अश्रुग्यास हानेको थियो । त्यसलगत्तै गरुडा प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो ।

घटनापछि अभिभावकले इलाका प्रहरी गरुडामा उजुरी दर्ता गराएका छन् । डीएसपी राजन कार्कीले साहविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान थालेको जानकारी दिए । ‘पछि अनुसन्धानबाट थप खुलेमा सोहीअनुसार मुद्दा अघि बढाउछौं,’ उनले भने ।

शिक्षक साहले कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved