eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

एसिसी पुरुष यू–१६ : उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने

July 3rd, 2025

एसिसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने भएको छ। उक्त खेल मलेसियामा शनिबार बिहान ७ः४५ बजे सुरु हुनेछ।

नेपालले आज भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।

यस्तै सिङ्गापुरले हङकङलाई ४ विकेटले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। हङकङले दिएको १६९ रनको लक्ष्य सिङ्गापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे।

नेपालले यसअघि समूह चरणको खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। समूह चरणमा नेपालले भुटानलाई २९८ रनले तथा इन्डोनेसियालाई ३७० रनले पराजित गरेको थियो।

यसैगरी, सिंगापुरले समूह चरणका खेलमा भुटानलाई २२६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई नौ विकेटले पराजित गरेको थियो।

नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिंगापुर पनि सेमिफाइनलमा पुगेको हो। यस्तै, समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए।

नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो। एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए।

समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका थिए। रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

१२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

अधिकांस युवा हरु जोशका साथ घन्टीमा

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

ताजा अपडेट
  • १२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित

  • अधिकांस युवा हरु जोशका साथ घन्टीमा

  • आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताए

  • प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरे

  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved