eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सुन र हिरालगायतका गहनामा लगाएको विलासिता शुल्क र भ्याटका कारण उपभोक्ताले दोहोरो–तेहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना

July 3rd, 2025

काठमाडौं । सरकारले आर्थिक विधेयकमार्फत ढिक्का सुन एवम् सुन र हिरालगायतका गहनामा लगाएको विलासिता शुल्क र भ्याटका कारण उपभोक्ताले दोहोरो–तेहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सरकारले गत जेठ १५ को बजेटमार्फत सबै किसिमको सुन र सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लगाउने घोषणा गर्‍यो । त्यसअघि १० लाखमाथिको सुनका गहना एकै पटक किन्दा मात्रै २ प्रतिशत विलासी कर लाग्दथ्यो । अब भने बैंक र ठूला व्यवसायीबाट ढिक्का सुन किन्दा पनि विलासिता कर लाग्ने भएको छ । त्यसका साथै, सानो सानो मूल्यको सुन किन्दा पनि त्यस्तो कर लाग्ने भएपछि त्यसबाट उपभोक्तालाई मार पर्ने देखिएको छ ।

साथै, हिरालगायत अन्य बहुमूल्य धातुमा सरकारले यसपटकदेखि मूल्य अभिवृद्धि कर लिने भएको छ । हिरालगायत धातुको गहना सामान्यतया सुनसँग जोडिएर बन्ने हुनाले यस्तो अवस्थामा सुनमा पनि भ्याट लाग्ने अवस्था सिर्जना भएको छ । सुन र हिराजडित गहना बनाउँदा मूल्य अभिवृद्धि कर र विलाशिता शुल्कसमेत दोहोरो–तेहेरो पर्ने गरी लाग्ने भएपछि अहिले सुनचाँदी व्यवसायी त्यसको विरुद्धमा आन्दोलनरत छन् ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडसहित देशभरका सुनचाँदी पसल बन्द छन् । पसलमा कालो ब्यानर झुण्ड्याइएको छ । पसलमा झुन्ड्याइएका ब्यानरमा लेखिएको छ ‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनचाँदी कारोबारको प्रष्ट नियमावली तयार गर ।’

 

झट्ट सुन्दा यी माग व्यवसायीका निजी मागजस्तो सुनिन्छ । तर, त्यसको मार व्यवसायीको कारोबारमा भन्दा उपभोक्ताको मूल्यमा बढी पर्छ । सरकारले बजेट संशोधनमार्फत यसलाई सुल्झाउने आश्वासन दिएको थियो, तर गरेन । उल्टै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निस्कन सुनका गहनामा विलासिता शुल्क लगाएको बताए । तर, सुनमा उपभोक्तालाई तेहेरो पर्ने गरी कर लगाएर कसरी ग्रे लिस्टबाट बाहिर निस्किइन्छ भन्नेबारे भने उनले केही बताएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved