eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव

June 29th, 2025

काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ ।

पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् ।

पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए ।

‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको छ,’ साहले भने ।

बीपी साहको फेसबुक वाल बाट

कांग्रेस ( एमाले ( लोसपा नेतृत्वको मन्त्रालयबाट जनमतका योजना परेन रे । तर, जनमत नेतृत्वकै मन्त्रालयबाट समेत स्वराजीहरूको योजना नपरेको भन्दै सिंगो पार्टीप्रति असन्तुष्टी जनाइराख्नु भएका मित्रहरुको जानकारीका लागि

हाम्रो जनमत पार्टीले नेतृत्व गरिरहेको वन तथा वातावरण मन्त्रालयको रातो किताव (रेड बुक)मा जनताको चाहना अनुसार वा पार्टीको भिजन अनुसार राखिनु पर्ने योजनाहरुको ठाउँमा कमिसन आउने, ठेक्केदार मोटाउने र डीएफओ मार्फत रकम उठाउने बिचौलियाका योजनाहरुले भरेको छ । उदाहारणहरु

१० वन मन्त्रालयको रातो कितावमा २३ करोड ४२ लाख रुपैंयाभन्दा बढी डीएफओमार्फत अनुदान वितरण गर्ने योजना छ । मधेश प्रदेशका बच्चा बच्चालाई थाहा छ अनुदान वितरण कति प्रतिशत लेनीदेनीमा हुन्छ । र, अनुदानको नाममा कस्ले कमाउँछ ।

२० हरित पार्कको नाममा ५३ वटाभन्दा बढी योजनाहरु छन् । त्यो पनि कोटेशनको आधारमा गर्न मिल्ने अर्थात १० लाख रकमको । झण्डै ५ करोड ३० लाखको । हरित पार्क निर्माण गर्ने मधेश प्रदेशमा केही व्यापारिको गिरोह घुम्दैछ। जसले ३ लाख देखि ४ लाखसम्ममा १० लाख बराबरको उक्त हरित पार्क निर्माण सम्पन्न गर्छन् र बाँकी पैसा कामिसन र घुसको नाममा बाँडछन् ।

३० अनावश्यक सामानहरु खरिददेखि भौतिक संरचना निर्माणमा बजेट राखिएको छ । यसरी कर्मचारीतन्त्रलाई मोटाउने र ठेक्केदारलाई जोगाउने काममा बजेट गएको छ ।

सुशासनको नारा, भ्रष्टहरुलाई जनकारवाही तथा जनताको चाहना अनुसार एजेण्डा उठाएर स्थापित हाम्रो जनमत पार्टीलाई बदनाम गराउने वा दाग लगाउने षड्यन्त्र भएको छ । यस विषयमा पार्टीले छानविन गरी कारवाही अगाडि बढाउनेछ भन्नेमा हामी सबै विश्वस्त रहौं । पार्टी अध्यक्ष ज्यूको निर्देशन बमोजिम प्रतिक्षा गरौं । आइतबार बस्ने सचिवालय बैठकले यि र यस्ता विषयमा निर्णय लिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved