eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

आज धान दिवस खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

June 29th, 2025

काठमाण्डौ – हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अरु पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कनु र विदश जानुुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved