eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

मन्दिर पुर्ननिर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिदैं

June 26th, 2025

वीरगन्ज – वीरगन्जमा शुक्रबार निकालिने ‘गहवामाई रथयात्रा’ लाई लक्षित गरेर सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको स्थानीय प्रशासनले जनाएको छ। वीरगन्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर पुर्ननिर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिदैंछ। उक्त रथयात्रामा एक लाखभन्दा बढी भक्तजनहरु सहभागी हुने गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिको अनुमान छ।

वीरगन्जमै गत चैत ३० गते निकालिएको हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुई फरक धर्म समुदायकाबीच झडप हुदाँ वीरगन्ज तीनदिनसम्म तनावग्रस्त बन्न पुगेको थियो। त्यसैका कारण शुक्रबार निकालिन लागिएको ‘गहवामाई रथयात्रा’ का क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर वीरगन्जमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। अर्यालले भने,‘ रथयात्राको सुरक्षाका सन्दर्भमा स्थानीय प्रशासन र प्रहरी हाइ अलर्टमा छ। रथयात्राका क्रममा प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिन्छ।’

 

यसैबिच गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले पनि रथयात्रामा नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतीय शहरबाट गरेर एक लाखभन्दा बढी भक्तजन आउने बताए। रथयात्राको तयारी बारे जानकारी दिन बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले सुरक्षाकै विषयलाई लिएर सुरक्षा निकायका प्रमुखहरूसँग पटक पटक छलफल गरिएको जानकारी दिए। छलफलमा सुरक्षा निकायका प्रमुखहरुले पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने प्रतिबद्धता जनाएको उनले बताए। यसका अतिरिक्त समितिका तर्फबाटपनि दुई सय बढी स्वंयसेवकहरु खटिने जानकारी उनले दिए।

रथयात्रा आयोजनामा करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए। उनका अनुसार, शुक्रबार बिहान गहवामाई मन्दिरमा विशेष पूजापछि बिहान ७:३० बजेदेखि रथयात्रा सुरु हुनेछ। रथयात्राले नगरका विभिन्न स्थानको परिक्रममा गर्ने र पुन मन्दिर प्रांगणमा फर्किएर समापन हुने तथा शुक्रबार नै साँझ मन्दिर प्रांगणमा धार्मिक भजनकिर्तन आयोजना गरिने उनले बताए। यस्तै शनिबार साँझ मन्दिर प्रांगणमै रथयात्राको प्रसाद वितरणका लागि ‘महाभण्डारा’पनि आयोजना गरिने जानकारी  दिए।
‘गहवामाई रथयात्रा’ यात्राका लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शुक्रबार बिदा दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved