महोत्तरी – मनराशिस्वा नगरपालिकाको नगर प्रमुखले बल जबरजस्ती गैरकानुनी रूपले नीति तथा कार्यक्रम सार्वजनिक गरेको आरोप छ
मनराशिस्वा नगरपालिकाको नगर प्रमुखले बल जबरजस्ती १५ जना राखी गैरकानुनी रूपले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेको बेला विरोधमा ७ जना वडा अध्यक्ष र ३० जना कार्यपालिका सदस्यहरूले लिखित रूपमा निवेदन दिएर कार्यक्रम स्थगित गर्न खोज्दा नगर प्रमुखले नगर प्रहरी खटाई वडा अध्यक्षहरूलाई र सदस्यहरूलाई घिचीमिची र बल जबरजस्ती रुपले घमण्डको प्रदर्शन गरेको आरोप वडा अध्यक्ष हरुको छ।
मनरासिस्वा नगरपालिकाको नीति तथा कार्यक्रममा बहुमत सदस्यहरूको हस्तसाक्षर सहित यस नगरपालिकाका प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदा प्रमुख प्रशासकीय अधिकृतले नबुझेपछी नीति तथा कार्यक्रमको विरुद्धमा वडा अध्यक्षहरू उभेको वडा न १ का वडा अध्यक्ष चौरसियाले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ
मनरा शिस्वा नगरपालिकाको १४ औं बजेट, नीति तथा कार्यक्रममा नगरपालिकाका नगरप्रमुख मोहन पान्डेले आर्थिक वर्ष ०८२/८३ का लागि ५६ करोड ७४ लाख ८१ हजार ६ सय ३४ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।




